arrow

बीउ विजन कम्पनीले पायो उत्कृष्ट करदाता सम्मान

कृषि क्षेत्रको लागि उल्लेखनीय सफलता

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
national_tax_day.jpg

काठमाडौं । आन्तरिक राजश्व विभागले उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । छैठौं कर दिवसको अवसरमा विभागले आयोजना गरेको एक कार्यक्रमकाबीच मुख्य सचिव लोक दर्शन रेग्मीले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेका हुन्। 

आर्थिक वर्ष २०७३/७४मा कर तिरेका करदाता मध्ये उत्कृष्ट करदातामा पर्न सफल कम्पनीहरुमा टेलिकम क्षेत्रका दुई वटै कम्पनीहरु नेपाल टेलिकम र एनसेलको नाम भने समावेश भएनन् । कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये आयकर तिर्ने करदाता तर्फ यो वर्ष राष्ट्रिय विउ विजन कम्पनीले पाएको छ । शुक्रबार कम्पनीका म्यानेजिङ डार्इरेक्टर धर्मराज अधिकारीले सो सम्मान ग्रहण गरे । 

आन्तरिक राजश्व विभागका निर्देशक एवं सहायक प्रवक्ता शरद निरौलाले संस्थान तर्फको सम्मानमा नेपाल टेलिकम र बीउ विजन कम्पनी एउटै श्रेणीमा पर्ने प्रतिक्रिया दिए । उनले धेरै कर तिर्नेसँगै करको बक्यौता नरहेको लगायतका विविध मापदण्डहरुको आधारमा मात्रै उत्कृष्ट करदाता छानिने भएकोले धेरै कर तिरेर पनि कम्पनीहरु उत्कृष्ट करदाता बन्न नपाउने अवस्था हुनसक्ने प्रतिक्रिया दिए । 

यस वर्ष व्यापारतर्फको उत्कृष्ट करदातामा सिप्रदी ट्रेडिङ प्रालि र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ बढी तिर्नेमा पवनकुमार इन्टरनेसनल प्रालि सम्मानित भएका छन् । त्यस्तै, गत वर्ष सबैभन्दा बढी आयकर बुझाउनेमा व्यक्तिगततर्फ सिदार्थशम्शेर राणा सम्मानित भएका छन् । 

त्यस्तै, स्वास्थ्यतर्फ डा। उपेन्द्र देवकोटा, उत्पादनतर्फ सबैभन्दा बढी कर तिर्नेमा सुर्य नेपाल प्रालि र जलविद्युततर्फ हिमाल पावर लिमिटेडले उत्कृष्ट करदाताको सम्मान पाएका छन् । बैंकतर्फ हिमालयन बैंक, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, शिक्षातर्फ त्रियोग उच्च माध्यमिक विद्यालय र पर्यटनतर्फ टाइगर टप्स प्रालिले उत्कृष्ट करदाताको सम्मान पाएका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ