arrow

कांग्रेस नेता दवाडीलाई नारायणकाजीको गाँउमा माला

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
dawadi.jpg

गोरखा । नेपाली कांग्रेसका युवा नेता प्रकाशचन्द्र दवाडीलाई  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको गाँउमा माला तथा खादाले स्वागत गरिएको छ ।  गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट उम्मेदवार बनेका दवाडीलाई भोट माग्दै नारायणकाजीको गाँउ जौबारीमा पुग्दा भव्य स्वागत गरिएको हो ।

जौबारीमा पुगेका नेता दवाडीले संविधान कार्यान्वयन र आर्थिक विकासका लागि कांग्रेसलाई मतदान गर्न आग्रह गरे।  “कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनका लागि कांग्रेसलाई जिताउनुपर्ने आवश्यक छ,”– उनले भने । उनले समग्र गोरखाको विकासका लागि आफ्नो उम्मेदवारी रहको भन्दै लोकतान्त्रिक गठबन्धनलाई जिताए गोरखाको विकास हुने स्पष्ट पारे।
 
नेता दवाडीले जिल्लाको स्रोत साधनको प्रयोग गरी वेरोजगार युवालाई जिल्लामा नै रोजगारको वातावरण गर्ने आफ्नो लक्ष्य रहको बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ