arrow

पाँचथर युवाहरुले निकाले र्‍याली

हिंसारहित निर्वाचन सम्पन्न गर्न मादक पदार्थ सेवन बहिष्कार मुख्य नारा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ मंसिर २ शनिबार

पाँचथर ।  हिंसारहित निर्वाचन सम्पन्न गर्न मादक पदार्थ सेवन बहिष्कार गरौ भन्ने नाराका साथ पाँचथर सदरमुकाम फिदिममा आज विहान यूवाहरुले र्‍याली निकालेका छन् । सम्पूर्ण पाटीका भातृसंगठन,अन्तरसंवाद समिती पाँचथरको आयोजनामा फिदिम स्थित क्याम्पसमोड बाट निकालिएको र्‍यालीफिदिम माविको प्राङगणमा पुगेस सम्पन्न भएको थियो ।

त्यसपश्चात सोही माविको प्राङगणमा निर्वाचन मतदाता शिक्षा नमूना मतदान कार्यक्रम संचालन गरिएको थियो । मादक पदार्थको नाममा एक मत भएपनि खेर नफालौ,सक्षम कुशल नेतृत्व चयन गरौँ भन्ने उदेश्यका साथ र्‍यालीर नमूना मतदान संचालन गरेको संवाद समिती संयोजक प्रदिप बास्कोटाले जानकारी दिए ।

 उनले भने,“सक्षम कुशल उम्मेद्धवार छान्नुभन्दा पनि चुनावमा मादक पदार्थ र पैसाको भरमा मत हाल्ने प्रवृतिको अन्त्य गर्न भन्दै यो र्‍यालीनिकालिएको हो ।” यूनडिपी,जिल्ला निर्वाचन कार्यालय पाँचथर,हुकोडेक नेपाल,नेपाल जनउद्धार संघ,पंचमी यूनेस्कोको सहयोगमा र्‍यालीनिकालिएको उनले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ