arrow

बाजुरामा उर्लियो कांग्रेसको जनसागर

logo
रमित बिक,
प्रकाशित २०७४ मंसिर २ शनिबार
NN_(1).jpg

बाजुरा।  बाजुरामा कांग्रेसको समर्थनमा जनसागर उर्लिएको छ।  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले शुक्रबार गरेको सम्बोधमा जनसागर उर्लिएको हो।

बाजुराको विशाल आमसभालाई संबोधन गर्दै देउवाले देशमा लोकतन्त्रको अति आवश्यक हुने भएकाले लोकतन्त्रबादी पार्टी नेपाली काँग्रेस बाहेक अरु नभएको उल्लेख गरे। उनले नेपाली काँग्रेस जनताको पार्टी भएकाले सुदुरपश्चिमको हितका लागि काम गरेको र गर्ने बचन समेत दिए।  प्रधानमन्त्री देउवाले प्रचण्ड र केपी ओलीले यो देशलाई अधिनायवाद तर्फ लिन लागेकाले नेपाली जनताले चनाखोँ हुन आग्रह गरे। उनले देश अहिले एउटा गम्भिर मोडमा गएकाले डर त्रास भय मुक्त बनाउने बताए। उनले बाजुराका सबै सडक सञ्जालाई कालोपत्रे बनाउनेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ