arrow

लम्कीमा काँग्रेस नेता शाह र उमेद्वार राठौरले हात मिलाएपछि विपक्षीलाई तनाव

logo
देवानन्द न्यौपाने ।
प्रकाशित २०७४ मंसिर ३ आइतबार
kailali-lamki-congress.jpg

लम्की । नेपाली काँग्रेसका नेता कमल बहादुर शाहले आसन्न निर्बाचनमा नेपाली काँग्रेसलाई जिताउन सबै एक जुट भएर लाग्न आग्रह गरेका छन्। 

नेपाली काग्रेस लम्कीचुहा नगर समितिको आयोजनामा लम्कीमा आयोजित आसन्न निर्बाचनका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदारलाई स्वागत कार्यक्रममा बोल्दै नेता शाहले आफ्नो बारेमा बाहिर आएका कुरा निराधार भएको भन्दै कुनै शंका नगर्न र नेपाली काँग्रेसको सिदान्तबाट कोहि विचलित नहुन आग्रह गरे। 

आसन्न निर्बाचनको लागि कैलाली निर्बाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका आकाँक्षी रहेका शाहले आफ्नो र मोहनसिंह राठौरको विचमा कुनै तिक्तता नरहेको प्रष्ट पारे। 

अप्रत्यासिक रुपमा पार्टिको केन्द्रिय कमिटीले टिकट वितरण शैली नेपाली काँग्रेसको विधि र विधान विपरीत भएको पार्टीसँग आफ्नो केहि गुनासो रहेपनि टीकट पाएका उम्मेदवारसंग कुनै गुनासो नभएको स्पष्ट पारे। 

पार्टीले प्रदेश सभाको लागि आफुलाई टीकट लिन भनेपनी यस क्षेत्रबाट प्रदेश सभाका लागि सिफारिस भएर गएका १२ जना उम्मेदावारका आकाँक्षीको भाग आफुले खोस्न नचाहेको बताए ।  

नेता शाहले  निर्बाचनमा  इमान्दारीता कायम गर्न सबैलाई आग्रह गरे। यो निर्बाचनमा नेपाली काँग्रेसले जित्न नसके मुलुक अधिनायकबादको हातमा जाने बताउदै नेता शाहले आफ्ना ब्याक्तिगत स्वार्थलाई टाढा राखि आसन्न निर्बाचनका उम्मेदावारलाई जिताउन लाग्न सबै नेता कार्यक्रतालाई आग्रह गरे। 

नेता मोहनसिंह राठौर धेरै समय पछि भएपनी लोकतान्त्रीक पद्धति र सिदान्त बोकेको पार्टीमा आउनु भएकामा सबैले स्वागत गर्नु पर्ने बताउदै सबै एकजुट भएर अगाडि बढनुको विकल्प नभएको शाहले बताए । 

एमालेमा सक्रिय भएर लागेका देशका विशिष्ट ब्याक्ति समेत लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेसमा आएको उदाहरण दिदै नेता शाहले बाम गठ बन्धनमाथि विस्तारै सर्बसाधारणले समेत शंका गर्न थालेको बताए। 

नेपाली काँग्रेस लम्कीचुहा नगर सभापति रामबहादुर विष्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका पुर्ब सभासद् तथा महासमिति सदस्य मानबहादुर महतो थिए। विशिष्ट अतिथीमा नेपाली काँग्रेसका महासमिति सदस्य युवा नेता कमलबहादुर शाह, निर्बाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदावार मोहनसिंह राठौर, प्रदेश सदा सदस्य क्षेत्र नम्बर २ क का हिमबहादुर रावल, क्षेत्र ख का अरुण चौधरी र समानुपातिक उम्मेदावार शुशिला शाही थिए। 

नगर सभापति नारायण प्रसाद रेग्मीको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा महासमिति सदस्यहरु जनक बम, धर्मराज न्यौपाने, शिवा थापा, पुर्ब महासमिति सदस्य घनश्याम जोशी, महाधिबेशन प्रतिनिधि विय स्वाँर, जिल्ला सदस्य दुर्गा जोशी, क्षेत्रीय सभापति भक्तबहादुर थापा, पुर्ब क्षेत्रीय सभापति देवानन्द जैशी लगायतकाले शुभकामना मन्तब्य दिएका थिए।  

कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले यस क्षेत्रका नेपाली काँग्रेसका सम्पुर्ण कार्यकर्तालाई विपक्षीले फैलाएको भ्रममा नपर्न आग्रह गरेका थिए। यस क्षेत्रको विकास र देशको सम्बृद्धिकोलागि नेपाली काँग्रेसको विकल्प नरेहको उनीहरुले बताए। 

कार्यक्रममा नेता शाह र उमेद्वार राठौरले उपस्थित नेताहरुसँग हात मिलाएर ऐक्यवद्धता जनाएपछि विपक्षीको कित्तामा भने खैलावैला भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ