arrow

निर्वाचन कार्यालयमा बम भेटियो

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
bomb.jpeg.jpeg

मलेखु । जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा अज्ञात समूहले राखेको सकेट बम  फेला परेको छ । 

कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा आइतबार सकेट बम फेला परेको हो । कार्यालयको ढोकामै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछार बजार क्षेत्रलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । निर्वाचन बहिष्कार गर्ने नेकपाले बम राखेको केसीको भनाइ छ । 

कार्यालयमै बम भेटिएपछि त्यहाँको कामसमेत प्रभावित भएको छ । बम निष्क्रिय पार्न नेपाली सेनाको टोलीले प्रयास गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ