काठमाडौँ। नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगिएको छ । हङकङबाट काठमाडौँ उड्ने बेलामा नेपाल एयरलाइन्सको एयरबस ए ३२०–२०० जहाज हङकङमा जहाजमा प्वाल परेको थाहा भएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।
एयरलाइन्स स्रोतका अनुसार खाना पुर्याउन आएको गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको थियो । तर, जहाजमा केही नभएको भन्दै गाडी बाहिरियो । उड्ने तयारी गर्दा हवाई इन्जिनियरले जहाजमा भ्वाङ परेको पत्ता लगाएका थिए ।