arrow

युवा संघ अध्यक्ष सहित दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
rasuwa-congress.jpg

रसुवा । उत्तरगया गाउँपालिका वडा न ३ ठूलो गाउँबाट कम्युनिष्ट गठबन्धन परित्याग गरि सयौको सख्यामा कांग्रेस प्रवेश गरेका छन् ।

साबिकको ठुलोगाँउ गाबिस एमाले पार्टी प्रतिनिधि पन्च बहादुर गुरुङ, युवा संघ अध्यक्ष सुर्य गुरुङ लगायत दर्जनौको संख्यामा प्रबेश गरेका हुन् । पार्टी प्रवेश गर्ने कार्यकर्ता हरुलाइ कांगेसका नेताले स्वागत गरेका थिए।

उत्तरी हिमाली जिल्ला रसुवामा बाम गठबन्धन का नेता तथा कार्यकर्ता लोकत्रान्त्रिक गठबन्धन मा प्रवेश गर्ने क्रम बढ्दो छ ।

उत्तरगया गाउँपालिका वडा न ३ ठूलो गाउँ बाट बाम गठबन्धन परित्याग गरि सैयौ को सख्यामा लोकतान्त्रिक गठबन्धनमा आबद्ध भएका छन्। 

साबिक को ठुलोगाउ गाबिस एमाले पार्टी प्रतिनिधि पन्च बहादुर गुरुङ, युवा संघ अध्यक्ष सुर्य गुरुङ लगायत सैयौ को संख्या मा प्रबेश गरे। 

लोकत्रान्त्रिक गठबन्धन मा आवद्ध सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई लोकत्रान्त्रिक गठबन्धनका उमेदबार मोहन आचार्य, प्रभात तामाङ र प्रेम तामाङले स्वागत गरे ।

पहिलो चरण मा निर्वाचन हुने हिमाली जिल्ला रसुवा मा नेपाली कांग्रेस का तर्फबाट प्रतिनिधि सभा सदस्य उमेदवार ईन्जिनियर मोहन आचार्य अहिले आम जनताको घर घर पुगेर रसुवा र रसुवाली नागरिकहरूको संबृघ्दिका लागि भोट मागे ।

विगत १० बर्ष देखि रसुवा र रसुवाली नागरिकको संबृघ्दिका लागि आफ्नो ब्यक्तिगत लगानीमा स्कुल स्वास्थ्य चौकी क्लब बाटोघाटो निर्माणमा सकृय समाजसेवी मोहन आचार्यलाई उमेदवारका रूपमा पाएर रसुवावासीहरू हर्षित देखिन्छन्।

जनताको घरदैलोमा पुग्दा उमेदवार स्थानियलाई मोहन आचार्यलाई भब्य स्वागत गरेका छन्।

रसुवामा भौतिक पूर्वाधार को विकास पर्यटन प्रर्वधन स्थानीय रोजगारी सडक मार्गको स्तरोन्ति रसुवा गढी नाकाको व्यबस्थित संचालन जिल्लामा निर्माण हुने हाईड्रोपावर निर्माण मा रसुवाली जनतालाई थप शेरको व्यवस्था जस्ता मुद्दाहरूलाई उमेदवारले अगाडी बढाएका छन् । 

राजनितिक पारिवारिक पृष्ठभुमि भएका मोहन आचार्यका माहिला बुवा स्वर्गीय राम कृष्ण आचार्य कै पहलमा रसुवावासीहरूले पहिलो पटक विजुली पाएका थिए । 

रामकृष्ण आचार्यकै पहलमा रसुवा जिल्ला सडक संजाल मार्फत राजधानीसंग जोडिनपुगेको थियो ।

रसुवाजिल्लाको विकासमा लामो समयदेखि संकृय रसुवालीका प्यारा समाजसेवी स्वर्गीय अन्नत प्रसाद आचार्यका कान्छा छोरा उमेदवार मोहन आचार्यले स्वर्गीय बावू अन्नत प्रसाद आचार्यका नाममा जिल्लाका दुर्गम गाऊँहरूमा स्कूल निर्माण गरेर बावुको रसुवावासी लाई शिक्षित बनाउने सपना पुरा गर्न शुरू गरिसकेका छन् ।

आफ्नो व्यक्तिगत लगानीमा रसुवाको विकासमा सकृय उमेदवार लाई गाऊँ घरमा पाएर रसुवालीहरूमा हर्ष छाएको छ । प्रदेश क मा नेपाली काँग्रेस का तर्फ बाट प्रभात तामाङ र प्रदेश (ख)मा  नयाँ शक्ती पार्टी का प्रेम बहादुर तामाङ उम्मेद्वार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ