arrow

भक्तपुरका जनताले गर्छन् दमननाथलाई सम्मान, एमालेलाई मतदान : बस्नेत

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
mahesh_basnet.jpg

भक्तपुर। नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्व मन्त्री महेश बस्नेतले मंसिर २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई भक्तपुरका जनताले सम्मान गर्ने तर एमालेलाई मतदान गरेर विजय गराउने  बताएका छन् ।
 
रफत सञ्चार क्बल भक्तपुरले गरेको साक्षात्कार कार्यक्रममा उनले भक्तपुरका जनताले स्थानीय जनतासँग घुलमिल हुँदै आएको तथा विकास निर्माणको अग्रणी भूमिका खेलेकाले आफूलाई मतदान गर्ने दाबी गरे। उनले काँग्रेस उम्मेदवार ढुङ्गाना अहिले काँग्रेस कार्यकर्तासँगै नै परिचय गरिरहनु परेको भन्दै निर्वाचन एमालेले जित्ने स्पष्ट पारे।  अहिले भक्तपुरमा नेमकिपाले कुनै पनि हालतमा काँग्रेसलाई मतदान नगर्ने भन्दै काँग्रेस आत्तिएर नेमकिपासँग हारगुहार गरेको आरोप बस्नेतले लगाए ।
 
घरदैलो अभियानका क्रममा एमालेले पैसा बाडेको आरोपको खण्डन गर्दै उनले एमालेले पैसा बाडेर निर्वाचन जित्न नपर्ने बस्नेतको भनाइ छ । आफू निर्वाचित भईसकेपछि भक्तपुरलाई सिंहदवारसँग जोड्ने भन्दै उनले एमालेलाई विजय गराउन सबैलाई आग्रह गरे।
 
नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा क का उम्मेदवार शशीजंग थापाले आफू प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि ३ नं. प्रदेशसभाको राजधानी भक्तपुरमा राख्न पहल गर्ने दाबी गरे । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा ख का उम्मेदवार रोमन शिलाकारले भक्तपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ