arrow

तन्नेरीहरुको भरोसा हेमकर्ण !

logo
धनबहादुर पुरी,
प्रकाशित २०७४ मंसिर ३ आइतबार
hemkarna_paudel.jpg

इटहरी । इटहरी उपमहानगरपालीकाका सभापति तथा सुनसरी क्षेत्र नम्वर २ क का प्रदेशसभाका उम्मेदवार हेमकर्ण पौडेल तन्नेरीहरुको भरोसा हुन ।  सुनसरी क्षेत्रनम्वर २ मा मात्र हैन प्रदेश नम्वर एकमै चर्चा कमाएका हेमकर्ण युवाहरुको ढुकढुकी हुन ।

हेमकर्ण राजनितिक रुपमा मात्र हैन सामाजिक कार्यमा समेत उनको चर्चा त्यती नै छ । कार्यकर्तामाझ निकै लोकप्रिय भएका हेमकर्णले केन्द्रिय नेता सँगै अन्यपार्टीका ठुला नेताको ध्यान खिचेका छन । अन्य दलहरुको हिसाबमा पनि हेकमर्ण इटहरी लगायत सुनसरीकै शक्तिशाली युवा नेता हुन भन्दा फरक नपर्ला । आई एम वुईथ हेमकर्ण पौडेल ! हेमकर्ण पौडेल जिन्दाबाद ! जनताको नेता हेमकर्ण भन्ने आवाज अहिले सबै भन्दा बढि सामाजिक सञ्जालमा छाएका छन ।

सामाजिक सञ्जालमा सबैभन्दा धेरै चर्चामा रहेका हेमकर्ण एउटा सरल नेता हुन  ।  हेमकर्ण आफैमा लोकप्रिय छन । सामान्य ब्यक्ति देखि उच्च उदाहका ब्यक्ति सम्म उनको पक्षमा छन । उनी सर्वसाधरणलाई कहिले विभेद गदैनन् त्यस कारण पनि उनी जनताको लोकप्रिय भएका हुन ।  चिया पसल देखि भट्टीपसल सम्म हेमकर्ण गुनगुनाईरहेको छन । हेमकर्ण चुनाव जित्ला कि हार्ला भन्ने विषय अहिले तन्नेरीहरुमा निकै वहष छ । सामाजिक सञ्जालमा समेत भाईलर बनेका हेमकर्ण हार्लान भन्नेमा युवाहरु सहमत छैनन् ।

युवाहरु मात्र हैन बुढापा र आधाबैषेहरु पनि हेमकर्ण जित्नेमा ढुक्क छन । काग्रेसमा मात्र हैन एमाले,माओवादी,लिम्वुवान,फोरम,राप्रपा लगायका इटहरीमा राजनितिक दलका कार्यकर्ताहरुले पनि एक भोट हेमकर्णलाई भन्दै हिड्नेको संख्या निकै छ त्यसमा पनि युवाहरु जुरमुराउँन थालेको देख्दा अन्यपार्टी हेमकर्ण सँग जलेका छन । गाउँमा हेमकर्ण आउँदै छन भनेर प्रचार हुदा कार्यकर्ताहरुले उनलाई घेर्न पुग्छन । युवाहरु त हेमकर्ण भने पछि मरीहत्य नै गरीरहेका हुन्छन ।

समाज वदल्न युवाहरुको भुमिका अपरिहार्य छ त्यही समाजका सयौ युवाहरु हेमकर्ण जिताउँनु पर्छ भन्दै हिड्दा इटहरीमा वास्तमै हेमकर्णले चुनाव जित्नु आवश्यकता बनेको छ । सामाजिक सञ्जाल सँगै युवाहरुको धेरै माया पाएका हेमकर्णले चुनाब जित्ने सक्छन । त्यो मात्र हैन उनले इटहरीका अधिकांस घर परीवारका सदस्य चिनेका छन र नामैबाट बोलाउँन सक्छन । तेजिलो दिमाख मात्र छैन गरीव र धनी सबैलाई समान दृष्टिकोणबाट हेर्ने हेमकर्णले इटहरी क्षेत्रमा विकासका काम धेरै गरेका छन ।  मैले यती भनिरहदा यो लेख हेमकर्णको पैसाले लेखेको ,हेमकर्णका हनुमानहरुले लेखेको,काग्रसी पत्रकारले लेखेको भन्नेहरुको संख्या र चिया पसलमा कुरा काट्नेहरुले यो लेख मनपराउँदैनन् तर यो यर्थाथ हो ।
 
    को हुन हेमकर्ण ?

    बि.स २०३५ सालमा झापाको कोरोबारीमा जन्मिएका पौडेल २०४६ सालदेखि सुनसरीको इटहरीमा बसोबास गर्छन । २०५५ सालमा जनता बहुमुखी क्याम्पस इटहरीको स्वबियु सभापति,तरुण दल सुनसरीको सचिब,नेपाल बिद्यार्थी संघ सुनसरीको सचिब,पार्टीको क्षेत्रीय सदस्य हुादै २ कार्यकाल इटहरीको नगर सभापति भएका उनी इटहरीमा सर्बा्धिक रुचाईएका ब्यत्ति हुन ।

सबैलाई समेटेर अगाडी बढन सक्ने खुबस् भएका पौडेल यस क्षेत्रमा मुख्य प्रतिष्पर्धी हुन । गाउँका गरिव जनता देखि राष्ट्रिय नेता सम्म पहुँच राख्न सक्ने हेमकर्ण इटहरीका सबैपार्टीका लोकप्रिय नेता हुन । जनताहरु भन्छन् कुनै पार्टी नभनी जनताको काममा औरात्र खट्न सक्ने हेमकर्ण गरीवका लागी भगवान हुन । बाटोमा हिड्ने मगन्तेलाई आफ्नो कार्यकर्ता देख्ने हेमकर्णको नजरले अहिले उनको चर्चा बढीरहको छ । आँपगाछी स्थायी घर भएका हेमकर्णकोमा इटहरीमा सबै भन्दा धेरै मानिसहरुको आवत जावत हुने गर्छ ।

 कार्यकर्ताहरुको काममा विशेष ध्यान दिने भएको कारण विहान वेलुका उनका घरमा कार्यकर्ताहरुको भिड लाग्ने गर्छ । अहिले इटहरीमा सबै भन्दा धेरै कार्यकर्ताहरुको उनकै घरमा आउँने गरेका छन । हेमकर्णको प्रशंसा उनका सत्रुहरुले सम्म गर्छन भन्दा सबैलाई विश्वास नलाग्ला तर यर्थाथ हो । बिकास निर्माणदेखि गरिबका झुपडीसम्म छाएका पौडेल यो क्षेत्रमा सबैभन्दा लोकप्रिय नेता हुन ।

   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ