arrow

सुरक्षा दिने प्रहरीकै तमासा, 'गुप्तचर हुँ' भन्दै धम्काए स्थानीय

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ मंसिर ३ आइतबार
CID.jpg

पाल्पा । सरकारी कर्मचारीले अत्याधिक मात्रामा मदिरा सेवन गरि सर्वसाधारणलाई धम्काएका छन् । राष्ट्रिय अनुसन्धान विभागको पाल्पामा कार्यरत सिपाही कपिल पाण्डेले अत्याधिक मदिरा सेवन गरि तानसेन नगरपालिका १ नारानडाडाँमा धम्काएका हुन् । सिपाही पाण्डे रानीमहलबाट मदिरा सेवन गरि आएको स्थानीयले बताए । 

पाण्डेले अपशब्द प्रयोग गर्दै होहल्ला गरे पछि स्थानीय बासिन्दा समिन बस्यालले यहाँ हल्ला नगर्नुहोस् आफ्नो बाटो जानुहोस् भने पछि पाण्डेले आफू गुप्तचर विभागको सिपाही भएको बताउदै मलाई कसले के गर्छ, लौ कसलाई फोन गर्छ गर भनी धम्काएका थिए । 

त्यस लगत्तै बस्यालले प्रहरी सम्पर्क कार्यलयको १०० मा फोन गरी घटनाको विषयमा जानकारी गराए पनि अहिलेसम्म कुनै कारवाही भएको छैन । यसरी प्रहरी प्रशासन र सम्वन्धित निकाय नै मौन देखिन्छ ।  

आसान्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको समयमा उम्मेदवार माथि दिन दहाडै आक्रमणका घटना घटिरहेको समयमा गृहमन्त्रालयले सुरक्षा निकायका कर्मचारीहरुलाई जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न निर्देशन दिए पनि आफ्नो जिम्मेवारी र कर्तव्यलाई भुलेर उनीभने मदिरा सेवनमा व्यस्त भएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ