arrow

यु–१९ क्रिकेट : नेपाललाई हराएको अफगानिस्तानले उपाधि चुमेर इतिहास रच्यो

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
Afaganistan.jpg

काठमाडौं । अफगानिस्तानले १९ वर्ष मुनिको एसियाकप क्रिकेटको उपाधि जितेर नयाँ इतिहास रचेको छ । १९ वर्ष मुनिको एसियाकप क्रिकेटमा पहिलो पटक फाइनल खेलेको अफगानिस्तानले च्याम्पियन बनेको हो ।

यसअघिका तीन संस्करणमा सेमिफाइनलसम्म पुगेर बाहिरिएको अफगानिस्तानले फाइनलमा पाकिस्तानलाई  रनले एक सय ८५ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।

२ सय ४९ रनको चुनौती पछ्याएको पकिस्तानलाई ६३ रनमा अलआउट गर्दै अफगानिस्तानले ऐतिहासिक उपाधि जित्यो ।
टस हारेर पहिले व्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४८ रनको योगफल बनाएको थियो । अफगानिस्तानका लागि विकेटकिपर इक्राम अली खिलले अविजित एक सय ७ रन बनाए । रहमानुल्लाह गुर्बाजले ४० तथा इब्राहिम जद्रानले ३६ रन जोडे ।

पाकिस्तानका मोहम्मद मुसाले ३ तथा साहिन साह अफ्रिदीले २ विकेट लिएपनि अफगानिस्तानको अंक स्कोरमा खासै प्रभाव परेन । अफगानिस्तानी बलर सामु पाकिस्तानी व्याट्सम्यान टिक्न सकेनन् । २२ ओभर १ बलमा ६३ रनमा बनाएको अवस्थामै पाकिस्तान अलआउट हुन पुग्यो ।

अफगानिस्तानका मुजिब उर रहमान एक्लैले ५ विकेट चट्काए । यस्तै, क्वाएस अहमदले ३ विकेट लिनु भयो । पाकिस्तानका मोहम्मद तहाले १९ तथा मुहम्मद हसन खानले १० रन बनाउनु बाहेक अन्य खेलाडीले खासै प्रदर्शन गर्न सकेनन् ।

अफगानिस्तानले समूह चरणको पहिलो खेलमा पनि पाकिस्तानलाई ५७ रनमा अलआउट गरेको थियो । प्रतियोगिताभर २० विकेट लिएका अफगानिस्तानी बलर मुजिब उर रहमान म्यान अफ दी सिरिज घोषित भए ।

नेपाललाई सेमिफाइनलबाटै घर फर्काएको अफगानिस्तानले १९ वर्षमुनिको एसियाकपको ट्रफि चुमेसँगै आफुलाई अब्बल सावित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ