arrow

लुम्बिनीलाई स्मार्ट सिटी बनाउँछु : भरत शाह

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
bharat_sha_(1).JPG

सालझण्डी (रुपन्देही)। नेपाली काँग्रेसबाट रुपन्देही निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई स्मार्ट शहरका रुपमा विकास गर्ने आफ्नो योजना रहेको वताएका छन् । मायादेवी गाउँपालिकाको धमौलीमा नेपाली काँग्रेसले आइतबार आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा वताएका हुन् ।
 
उनले लुम्बिनीको विकास भए स्वतः यस क्षेत्रको विकास हुने भन्दै अव निर्वाचित भएपछिको आफ्नो ध्यान लुम्बिनीको विकासमा जाने बताए । लुम्बिनीको विकास देखेर अन्तर्राष्ट्रिय समुदाय समेत चिन्तित भैरहेको बेला नेता शाहले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहरको रुपमा विकास गरिने उल्लेख गरे।

उनले भने– विश्वका बौद्धिष्टहरुको केन्द्र रहेको लुम्बिनीलाई धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिकोणले विकास गर्दै लैजान सके जिल्लाको नै विकास हुने उनले दाबी गरे ।
 
अहिलेको निर्वाचन लोकतन्त्र राख्ने कि कम्युनिष्ट शासन लाद्नेबीचको प्रतिष्पर्धा भएको बताउदै नेता शाहले कम्युनिष्ट शासनको दिवास्वप्ना नदेख्न बामपन्थी गठवन्धनलाई चेतावनी दिए । उनले नेपालमा कम्युनिष्ट शासनको संभावना नै नरहेको दावी गरे।
 
उनले क्षेत्र नं. ५ नेपालकै सम्भावनायुक्त क्षेत्र भएको बताउनु हुँदै यहाँको कृषि क्षेत्रको विकासका लागि बाटो, पुल, कल्भर्ट र सिंचाईका लागि आफूले पहल गर्ने र बजेट पारेरै छाड्ने दृढता व्यक्त गरे।   
 
शाहले आफूले योजना पारेर शिलान्यास गरेको कञ्चन बाँधको निर्माण पूरा भएपछि यस क्षेत्रमा जमिनमा सिंचाई हुने र कृषि उत्पादनले स्थानीय जनताको जीवनस्तर माथि उठाउने बताए ।
 
त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. ५ (ख) का उम्मेद्वार फखरुद्दिन खानले आफूसँग लुम्बिनीको विकास गर्ने भिजन भएकाले उम्मेद्वारी दिएको बताए ।खाँले भने, “ म यहि स्थानमा जन्मेको हुँ, यहाँको दुःख र पीरमर्का बुझेको छु त्यसैले पार्टीले उम्मेदवारी दिएको हो ।”
 
संघीय समाजवादी फोरम परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका उम्मेदवार खाँले विगतमा भएको मधेश आन्दोलनले मधेशी जनताका छोरा छोरी सहिद बनाउने काम मात्र गरेको आरोप लगाए ।
 
उनले मधेशका जनताको समस्याको समाधान नेपाली काँग्रेसले मात्र गर्न सक्ने भन्दै मधेशका नाममा मधेशी दलले गरेको आन्दोलन केवल देखावटी र धोकापूर्ण भएको दावी गरे ।
 
कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरी, समाजसेवी योगेन्द्र पाण्डे, महम्द सईद शेख र अब्दुल कलिमले मधेशको समस्या नेपाली काँग्रेसले सम्बोधन गर्ने सक्ने भएकोले भोट दिन आग्रह गरे । उनले काँग्रेसको जन्म पनि मधेशबाट भएकोले मधेशीहरुको समस्याको समाधान पनि काँग्रेसले नै गर्न सक्ने दावी गरे ।
 
कार्यक्रममा संघीय समाजबादी फोरम पार्टी परित्याग गरि ३५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
 
नेता तथा रुपन्देही क्षेत्र नं. ५ का उम्मेदवार शाहले फोरम परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेहरुलाई अविर र माला लगाईदिएर स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ