arrow

विकासको शुरुवात हुमानेभञ्ज्याङ्बाट : डिना

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
deena_congress1.jpg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले काठमाडौँ र हेटौंडाको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको हुमानेभञ्ज्याङ्बाट मकवानपुर जिल्लाको विकासको शुभारम्भ गरीने बताएकी छिन  । आइतबार लोकतान्त्रिक गठबन्धनको निर्वाचन अभियान अन्तर्गत इन्द्रसरोवर गाउँपालिका– ४ स्थित हुमानेभञ्ज्याङ्मा आयोजित कोणसभामा बोल्दै डिनाले काठमाडौँ र मकवानपुरको सिमा हुमानेभञ्ज्याङ् भएकोले काठमाडौँ जिल्लामा विकास भएजस्तै गरी मकवानपुरमा पनि विकासको लहर भित्र्याउने लक्ष्य रहेको बताइन् । 

आन्तरिक तथा बाह्य  क्षेत्रका पर्यटकहरु आवात जावत गर्ने मुख्य बाटो हुमानेभञ्ज्याङ् फाखेल, कुलेखानी रहेकोले यस क्षेत्रको विकास छिट्टै हुनुपर्ने र गर्ने डिनाले दाबी गरिन् । त्यसैगरी मकवानपुर क्षेत्र नम्वर २ क का प्रदेश सदस्य उम्मेदवार यतिराज सापकोटाले विकासको कार्यको निम्ती लोकतन्त्र गठबन्धनलाई मतदान गरी विजयी गराउन मतदातालाई आग्रह गरेका थिए । 

नेपाली काँग्रेस फाखेल इकाइ सभापति हरि लामाको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक गठबन्धनले इन्द्रसरोवर गाउँपालिका विश्व लामाको नेतृत्वमा फाखेलबजार, चखेल, कुलेखानी खानीखेत, मधुवन, मकैबारीमा कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ