arrow

श्रीवास्तव र कुर्मीको सुगौलीमा घरदैलो कार्यक्रम

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
Ramesh_Kurmi.jpg

बीरगञ्ज । पर्सा जिल्ला क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवार बिमल प्रसाद श्रीवास्तव र क्षेत्र नं २ को “ख” बाट प्रदेशसभा सदस्यको उम्मेदवार रमेश प्रसाद कुर्मीको अगुवाईमा विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

राजपा–फोरम गठबन्धनका उम्मेदवारद्वयले  आइतबार वीरगञ्ज महानगरपालिका वडा नं २६ को सुगौली, बहुवरी चौक लगायतका स्थानमा घरदैलो गर्दै मधेस र मधेसी जनताको हक अधिकार सुनिश्चित गर्नको लागि आग्रह गर्दै राजपा र फोरम नेपालको संयुक्त गठबन्धनलाई जिताउन आग्रह गरेका थिए। 

कार्यक्रममा डा। सुरेन्द्र तिवारी, रामचन्द्र पटेल, सशिकपुर मिया, शिवशंकर द्विवेदी, विसरज राउत कुर्मी, लगायतकाले राजपा र फोरम गठबन्धनका उम्मेदवारलाई भारी मतले जिताउन आग्रह गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ