arrow

एमाले र माओवादी केन्द्र छाडेर डेढ सय बढी नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
41.jpg

तेह्रथुम । तेह्रथुममा नेकपा माओवादी केन्द्र सहित विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । 

चुनावी अभियानका क्रममा छथर गाउँपालिकाका विभिन्न गाउँबाट कांग्रेस उम्मेदवारहरु भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङ र जिल्ला सभापति गोविन्द ढुंगाना सहितका नेताहरुले नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च र नेकपा एमालेमा आवद्ध डेढ सय बढी कार्यकर्तालाई कांग्रेस भित्राएका हुन् । 

आइतबार मात्रै लालीगुराँस नगरपालिकाको फुलेक र छथर गाउँपालिकाको आङिदममा ३५ बढी कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवे्श गरेका कांग्रेस जिल्ला सचिव सन्तोष सुब्बाले बताए । 

छथरका हमरजुङ, फाक्चामारा, पन्चकन्या र सुदापबाट समेत दर्जनौँ कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ