arrow

शितलनिवासबाट फोन गरेर माग्न थालियो एमालेलाई मत, राष्ट्रपतिको तटस्थतामाथि प्रश्न

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
kp-oli-n-bidhya-bhandari.jpg.jpeg

विराटनगर । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिदै गर्दा राजनीतिक दलहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन्। राजनितिक दलहरु आफ्नो पक्षमा मत माग्न लाग्नु स्वभाविकै पनि हो । आफ्नो पक्षमा जनमत सिर्जना गर्नु र सरकारमा जाने यत्न गर्नु दलहरुको धर्म पनि हो। 

तर राजनीतिक दल भन्दा माथि रहेका तथा देशलाई नेतृत्व एवं अभिभावकीय भूमिका दिनुपर्ने संस्थाका प्रमुख अर्थात राष्ट्रपति भने चुनावी जोड घटाउमा लाग्ने कुरा भने हाम्रो राजनीतिले अस्विकार गरेको कुरा हो। 

राष्ट्रपति बनेसँगै विगतमा जुन पार्टीबाट राजनीति गरेपनि देशकै अभिभावकीय नेतृत्व लिएका कारण त्यसबाट पर रहनु यो नैतिक वन्धन हो। त्यहि वन्धनमा रहन नै पार्टीगत भूमिकाबाट राष्ट्रपति अलग रहने परम्परा रहँदै आएको छ। 

तर यतिखेर शितल निवासमा रहि देशकै नेतृत्व गरिरहनुभएकी राष्ट्रपति चुनावी जोडघटाउमा रहँदा राष्ट्रपति पदको तटस्थतामा आशंका उत्पन्न हुन थालेको छ। राष्ट्रपति विद्यादेव भण्डारीलाई किन चुनावले यतिविघ्न छोयो धेरैले प्रश्न गर्न थालेका छन्। 

दोस्रो चरणमा चुनाव हुने मोरङका विभिन्न क्षेत्रमा यतिखेर शितल निवासबाट जाने गरेका टेलिफोनका चर्चा हुन थालेको छ। शितल निवासबाट यतिखेर चुनावको चासो लिन भन्दा पनि एमालेका उमेद्वारलाई कसरी सहयोग गर्न सकिन्छ भनेर कतै निर्देशनको शैलीमा त कतै आग्रह गर्दै फोन जान थालेको हो।  

छ वटा निर्वाचन क्षेत्र रहेको मोरङ्ग जिल्लामा बाम गठबन्धनको स्थिती कमजोर भएको एमाले माओवादी गठवन्धनको बुझाइपछि एमालेको पक्षमा माहौल बनाउन स्वयं राष्ट्रपती विद्या देवी भण्डारी सक्रिय हुनु परेको छ। 

एमालेको आग्रहपछि राष्ट्रपति भण्डारी पनि आफ्नो पुरानो घर एमालेलाई गुन लाउन तयार भएकी देखिएको छ। पार्टीले गरेको आग्रहसँगै उनले पनि मोरङका स्थानिय नेता कार्यकर्तादेखि समाजका विभिन्न पक्षका नेतृत्वदायी पङतिलाई फोन गरेर एमालेको पक्षमा मत माग्न थालेको मोरङमा व्यापक चर्चा हुन थालेको छ। 

कतिपय ठाउँमा त राष्ट्रपती भण्डारीले जसरी भएपनी गठबन्धनलाई जित दिलाउन लागि पर्नुस भन्दै आफूहरुलाई निर्देशन आएको शितलनिवासबाट टेलिफोन आएका एक स्थानियले जानकारी दिए ।

मोरङ्ग जिल्लाका नेकपा एमालेका एक अगुवा कार्यकर्ताले भने, ' दिदीले स्वयम फोन गरेर जसरी भएपनी पार्टीका उमेदवारलाई जिताउन लाग्नुस भन्नुभएको छ।' उहाँले मोरङ्गका छ वटै निर्वाचन क्षेत्रहरुमा फोन गर्नु भएको होला उनले सम्भावना व्यक्त गरे।  

मोरङ्गमा जनस्तरमा नेकपा एमाले र माओवादी केन्द्र विच भएको बाम गठबन्धन नरुचाएपछी उमेदवारहरु समेत केहि हच्किएका छन्।  

एमालेका तत्कालिन महासचिव स्व. मदन भण्डारीको घर मोरङ्गको इटहरामा पर्दछ । स्व.मदन भण्डारीको पत्नी रहेकी राष्ट्रपती विद्यादेवी भण्डारीले मोरङ्ग जिल्लामा पार्टीको साख जोगाउन समस्या परेको भन्दै स्थानिय र केन्द्रीय पार्टी नेतृत्वले आग्रह गरेपछि फोन घुमाउन थालेको स्रोतको भनाइ छ। 

अहिले एमालेका कार्यकर्तालाई राष्ट्रपती देखी एमालेका केन्द्रीय नेताहरुले समेत दवाब दिने गरेका छन् । तर यसरी दवाव दिदै गर्दा राष्ट्रपति कार्यालयको गरिमा र तटस्थता कहाँ पुग्छ सम्वन्धित निकाय वेखबर देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ