arrow

एमाले र माओवादीका ७७६ नेता तथा कार्यकर्तालाई काँग्रेस भित्र्याए देउवाले 

भन्छन् –लोकतन्त्रको पक्षमा जनमत उर्लिएको छ

logo
टेकराज अवस्थी
प्रकाशित २०७४ मंसिर ४ सोमबार
nepali-congress-flag.jpg.jpeg

आलिताला । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले देश अहिले गम्भीर मोडमा उभिएकाले देशलाई कम्युनिष्टहरुको त्रासबाट बचाउन लोकतन्त्रको पक्षमा जनमत अझ बढ्ने बताएका छन् । 
 
सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले आईतबार गृह जिल्लाको आलितालामा आयोजित चुनावी सभामा बोल्दै सो कुरा बताएका हुन् । पूर्वको ताप्लेजुङ्बाट चुनावी अभियान थालेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका अधिकांश जिल्लाको चुनावी प्रचारको क्रममा लोकतन्त्रको पक्षमा जनता उर्लिएर आएको बताए ।
 
उनले झण्डै ७० बर्षको संघर्षले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र सहितको वर्तमान संसदीय व्यवस्थालाई कम्युनिष्टहरुबाट जोगाउन जनता आफै अग्रसर भएको पनि बताए ।

उनले यो चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउने दावी पनि गरे । 
 
उनले केही परिबर्तन बिरोधी समूहहरुको निर्वाचन हुन नदिन जनताका प्रतिनिधिमाथि छानी छानी आक्रमण गरिरहेकोमा आपत्ति जनाउँदै उम्मेदवारमाथिको अराजक हमला तत्काल बन्द गर्न चेतावनी दिएका छन् । 
 
आलितालमा आयोजित आम सभामा प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रस्ताबित समानुपातिक तर्फका उम्मेदवार जगत पार्की, नेकपा माओबादी केन्द्रका पूर्व जिल्ला ईन्चार्ज जनक कलौनीसहित ७ सय ७६ जना नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन ।
 
यस्तै नेपाली काँग्रेसबाट एमाले गएका तारिसिंह बोहोरा पनि नेपाली कांग्रेसमा फर्किएका छन् । पर्शुराम नगर समितिका सभापति तारी सिंह बोहरा स्थानीय निर्वाचनमा उम्मेदवारीको विषयलाई लिएर असन्तुष्ट भई नेकपा एमालेमा प्रबेश गरि नगर प्रमुखका उठेका थिए । 
 
उनलाई कांग्रेस सभापति देउवाले स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ