arrow

उपेन्द्र यादवले भने-एमाले र माओवादीको गठबन्धन ठगहरुको झुण्ड

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
upendra_yadab_.jpg

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको गठबन्धन ठगहरुको झुण्ड भएको अाराेप लगाएका छन् । झूठ बोलेर ठाग्ने र जनतालाई गुमराह गर्ने पार्टीहरु कम्युनिष्ट हुनै नसक्ने यादवकाे तर्क छ ।

निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाऊँ पालिका ३ नम्बर वडा गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले भने,- 'वाम गठबन्धन मधेशसहित पूरै देशको लागि घातक छ । ढोंगको खोल ओडेका कम्युनिष्टहरुको असली चरित्र जनताले बुझ्न जरूरी छ ।'

अध्यक्ष यादवले सिंहदरबारले मधेशलाई देख्नै नचाहेको टिप्पणी गरेका छन् । मधेशप्रति सिंहदरबारको नियत ठीक नभएको यादवले आरोप लगाए । यादवले भने,- 'मधेशमाथि कसैले कुदृष्टि राख्ने दिन गयो । जुनसुकै विरोधी शक्तिलाई जवाफ दिन मधेश सक्षम र तयार छ ।'

मधेशमा बहुमत ल्याएर संविधान संशोधन गराई छाड़ने दाबी गरेका छन् । त्यसका लागि मधेश गठबन्धनलाई विजय गराउन आम जनतालाई अपील गरेका छन् । यही कार्यक्रममा छिन्नमस्ता गाऊँ पालिकाको नेपाली कांग्रेसका संयोजक जिब्रिल मियाँले फोरम नेपाल र राजपाको मधेश गठबन्धनलाई समर्थन गरेका छन् ।

नेता मियाँले कांग्रेसको केन्द्रीय निर्देशन अनुसार यादवको पक्षमा मसाल चिन्हमा भोट हाल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदका लागि उपेन्द्र यादवलाई कांग्रेसले यसअघि नै समर्थन गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ