arrow

किन भोट दिने लोकतान्त्रिक गठबन्धनका केरुङलाई ? यस्ता छन् एजेण्डा 

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७४ मंसिर ४ सोमबार
narendra_kerung_photo.jpg

पाँचथर । पहिलो चरणको निर्वाचनमा प्रदेश सभाका लागि पाँचथर क्षेत्र न. १ बाट लोकतान्त्रिक गठबन्धनवाट उम्मेद्वार बनेका नेपाली काँग्रेस पाँचथरका जिल्ला सभापति नरेन्द्रकुमार केरुङले नौवटा मुख्य एजेण्डालाई अघि सारेको बताएका छन् ।‘

जनसेवा, विकास, समृद्धि र आत्मासम्मान, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुख चिन्हमा मतदान’ भन्ने नाराका साथ पाँचथरको समृद्धिका लागि उम्मेद्वारी भएको केरुङको दाबि रहेको छ । लोकतान्त्रिक गठबन्धले लोकतन्त्रलाई विजय बनाउने जिम्मेवारी सुम्पीएको उनको भनाई छ ।

उनले नौँ वँुदे मुख्य एजेण्डा अघि सारको छन् । भौतिक पुर्वाधार, शैक्षिक, समाजिक, आर्थिक विकासमा जोड दिएका छन् । विकास निर्माणको ढोका खोल्ने सडक सञ्चाल र पुर्वाधार प्रमुख एजेण्डा रहेको छ । 

ग्रामिण विद्युतीकरणलाई केन्द्रीय प्रसारणमा जोड्ने तथा स्थानिय स्तरमा विद्युत उत्पादन गर्ने, सूचना प्रविधाको विकास गरी सूचनाको हक सुनिश्चित गर्ने, उद्यमशिलताको वातावरण विकास गर्ने, अलैची लगायतका नगदेवालीको पुनउत्थान र प्रवद्र्धन गर्ने बताएका छन् ।

पाँचथर वहुमुखी क्याम्पसलाई प्रविधियुक्त बनाउने, थर्पु क्याम्पसलाई स्नात्तोउत्तरसम्मको बनाउने तथा सबै विद्यालयमा अग्रेजी माध्यमबाट पठन पाठन सञ्चालन गर्ने योजना रहेको उनले सुनाए । 

अस्पताल र स्वाथ्यक केन्द्रको स्तर उन्नती, विशेषज्ञ डाक्टर तथा स्वास्थय सुधारको अभियान सञ्चालन गर्ने उनको योजनामा उल्लेख छ । पर्याप्त पर्य्टिक क्षेत्र रहेकाले प्राथमिकतामा राखेर आर्थिक समृद्धि गर्ने एजेण्डा पनि उनको रहेको छ ।

 स्वच्छ खानेपानी, सिचाईका विकास आयोजनाका साथै तमोर कोरीडर,मध्यपहाडी लोकमार्गको कालोपत्रे गर्ने योजना उनले सुनाए ।‘पाँचथर क्षेत्र न १ लाई अत्यान्त राम्ररी चिनेको छु । यहाँको भुगोल छामेको छु । यहाँका वासिन्दाको इच्छा आकाक्षलाई वुझेको छु । 

उहाँहरुको आवज उठाउदै दुःख सुखमा जनतामा समिपमा रहनका लागि म चुनावी मैदानमा आएको छु’ उनले भने ‘एमाले र माओवादि भित्रका लोकतान्त्रीक शक्तिको पनि साथ सहयोग हुने अपेक्षा छ ।’

 ४५ बर्षिय केरुङ नेविसंघबाट बाट राजनीति गरेका उनी २०६७ साल देखि जिल्ला सभापति रहेका छन् । प्रध्यापन समेत गरेका उनी व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनी पेशाले लेखापरिक्षक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ