arrow

‘जनताको सेवा गर्न राजनीतिमा लागेको हुँ’ : महेशमान सिँह

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
Mahesh-Man-Singh-150x150.jpg

बुटवल । रुपन्देही क्षेत्र नं २ अन्तर्गतको प्रदेशसभा २ का काँग्रेस उम्मेदवार महेशमान सिँहले आँफू जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा होमिएको बताएका छन् ।

आउँदो मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जनतासँग भोट माग्ने क्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का बस्तीहरुमा घरदैलो अभियानमा सक्रिय उम्मेदवार सिँहले आफू यहीको स्थानीय भएकोले आफूँले मात्रै यहाँको समस्या निक्र्योल गर्न सक्ने दाबी गरे ।

‘म यही स्थानमा जन्मेर यहीबाट राजनीतिमा लागेको हुँ’ स्थानीय जनतासँग उनले भने, ‘यहाँका जनताको समस्याका बारेमा मलाई राम्रोसँग जानकारी छ, त्यही सम्बोधन गर्न मैले उम्मेदवारी दिएको हुँ ।’ स्थानीयको गुनासोलाई सम्बोधन गर्ने क्रममा उनले भने ‘तपाईहरुले मप्रति देखाएको विश्वास, माया, सद्भावलाई म सम्बोधन गरेरै छोड्छु ।’

उम्मेदवार सिँहलाई बुटवल उपमहानगरपालिका वडा नं ३ का स्थानीयले सुकुम्वासी, बाढी पीडित, सडक व्यवस्थापन, बेरोजगारी, उद्योगीका समस्यालगायतका बारेमा विभिन्न मागहरू सहित विभिन्न गुनासोहरू राखेका थिए ।

उम्मेदवार सिँह घरदैलो अभियान बुटवल उपमहानगरपालिका वडा नं ३ अन्तरगतका चिडियाखोला, गोलपार्क, तिलोत्तमा पथ, तिनाउ एकता पथलगायतका क्षेत्रमा घरदैलोमा सक्रिय थिए । घरदैलो अभियानमा सक्रिय काँग्रेस नेताहरु रामबहादुर कार्की, हरिबहादुर आचार्य क्षत्री, चिरञ्जीवी जोशी, खिलराज पाण्डे, मुक्ति अधिकारी, आनन्दभगत श्रेष्ठ, कुमार केसीलगायतले स्थानीय जनताका समस्याका बारेमा सिङ्गो नेपाली काँग्रेस र काँग्रेसका उम्मेदवारहरू अत्यन्तै संवेदनशील रहेको र सम्बोधनमा लागिपर्ने बताएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ