arrow

कम्युनिष्ट शासन कस्तो हुन्छ १० वर्षमा जनताले देखे : न्यौपाने

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
ishori.jpg

टीकापुर(कैलाली)। नेपाली काँग्रेस कैलाली क्षेत्र नं १ प्रतिनिधी सभाका उम्मेदवार ईश्वरी न्यौपानेले वामपंथीहरुले जनतालाई फेरी अर्को निरंकुशताको जंजिरमा वाध्न खोजी रहेको ले सवैलाई सचेत रहन आग्रह गरेकि छन् ।
 
कम्युनिष्ट शासन कस्तो हुन्छ भनेर जनताले माओवादीले चलाएको १० वर्षको सशस्त्र आन्दोलनमा भोगीसकेकाले जनताले कम्युनिष्ट गठवन्धनलाई कुनै हालतमा पनि मत नदिने दावी गर्दै उम्मेदवार न्यौपानेले जनता लोकतन्त्रको पक्षमा रहेको वताइन् ।
 
२०७२ सालमा भएको टीकापुर घटनालाई नेपाली काँग्रेसले राजनीतिक आन्दोलनका क्रममा भएको अप्रिय घटना वताईरहेको स्पष्ट पार्दै उनले फेरी जातीय र साम्प्रदायिक नारा उचालेर सामाजिक सद्भाव विगार्न लाग्नेहरुका कडा शब्दमा निन्दा गरिन्।
 
उनले माओवादीले १७ हजार मान्छे मार्दा राजनीतिक घटना हुने अनि  यसलाई मात्र जघन्य अपराध वताउने भन्ने प्रश्न गर्दै नेता न्यौपानेले थारुको अधिकार स्थापित गर्न काग्रेसले खेलेको भूमिकाप्रति सबै जानकार रहेको बताइन्  ।
 
आईतवार टीकापुर ४ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले आसन्न चुनावलाई लोकतन्त्रको रक्षाका लागी भईरहेको जनमत संग्रहको रुपमा परिभाषित गरिन् ।
 
यो निर्वाचन पछि  देशले विकासको गति पकड्ने बताउदै नेपाली काँग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी नेता न्यौपानेले कम्युनिष्टले देशलाई सधै अस्थीर वनाउन चाहेको आरोप लगाइन् ।
 
कार्यक्रममा प्रदेश सभा उम्मेदवार डा.रणवहादुर रावलले नेपाली जनताले लोकतान्त्रिक वातावरणमा देश विकास होस् भन्ने चाहना राखेको बताताइन् ।  
 
उनले टीकापुरलाई विकासको गतीमा लैजान सामाजीक सद्भाव अपरिहार्य रहेको बताउदै नेपाली काँग्रेसले मात्र सवैलाई मिलाएर लैजान सक्ने विचार राखिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ