arrow

कम्युनिष्टले नेपालमा शासन गर्ने सपना नदेखे हुन्छ : थापा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ मंसिर ४ सोमबार
raju_and_tulsi.jpg

स्याङजा । नेपाली काँग्रेस स्याङ्जा कम्युनिष्ट गठबन्धन विरुद्ध निकै आक्रमक देखिएको छ । काम एकातिर गर्ने व्यवहार एकातिरको देखाउने प्रबृति कम्युनिष्ट गठबन्धनमा हुन थालेपछि काँग्रेस आक्रमक हुन थालेको हो । नेपाली काँग्रेसका युवा नेता तथा स्याङ्जा क्षेत्र नं. १ का प्रतिनिधिसभाका उमेदवार राजु थापाले संसारबाटै हराउदै जान थालेको कम्युनिष्टहरु नेपालमा शासन गर्ने सपना बाड्नु दिवा सपना भएको बताएका छन् ।

प्रतिनिधि सभा १ प्रदेश सभा २ को पुतलीबजार नगरपालिका ३ पुतलीखेतमा चुनावी सभालाई सम्वोधन गर्दै थापाले साम्यवादी शासन लागु गर्न कम्युनिष्टगठबन्धन गरिएको आरोप लगाएका छन् । चार ओटा कम्युनिष्ट प्रधानमन्त्री बन्दा पनि मुलुकलाई संविधान दिन नसकेको स्मरण गर्दै युवा नेता थापाले कम्युनिष्टगठबन्धनले सर्वहाराको हितमा विकास गर्ने सपना बाँडेर जनता नझुक्याउन कम्युनिष्टहरुलाई आग्रह गरे ।

नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानले धर्म, संस्कारको रक्षा गर्दै सबै नागरिकलाई सिंहदरवारको अधिकार घरदैलोमा ल्याउने काम गरेको थापाले बताए । लोकतन्त्र र जनताको अधिकारलाई सुनिश्चित गर्नका लागि पनि काँग्रेसको विजयी अपरिहार्य भएको थापाले बताए ।

प्रदेश सभा २ का उमेदवार तुलसी गिरीले कम्युनिष्टगठबन्धनको नाउमा जनताको अधिकार कुण्ठित गर्ने काम हुन थालेको प्रति जनता सचेत रहन आग्रह गरे । वोल्ने अधिकार, न्यायका अधिकार, प्रतिनिधि छान्ने अधिकार लाई कम्युनिष्टगठबन्धनको नामबाट मुलुकमा साम्यवादी शासन लागु गर्ने योजना नेपालका कम्युनिष्टहरुले बुन्न थालेकोले लोकतन्त्रलाई बलियो बनाउन काँगेंसलाई विजयी बनाउन आग्रह गरे ।

यो लोकतन्त्रवादी र कम्युनिष्टहरु विचको लडाई हो भन्दै काँग्रेसका महाधिवेसन प्रतिनिधि समेत रहेका गिरीले संविधानको रक्षा गर्न काँग्रेसले जित्नै पर्ने जिकिर गरे । काँग्रेसको विजयी सुनिश्चित भए मात्रै लोकतन्त्र सगै समुन्नत नेपालको विकास सगै स्याङ्जाको पनि मुहार फेरिने गिरीले बताए । चुनावी सभापछि घरदैलो अभियान सगै भीरकोटमा चुनावी सभामा उमेदवारहरु पुग्ने नेपाल तरुणदल स्याङ्जाका उपाध्यक्ष शिवसंसार श्रेष्ठले बताए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ