arrow

कम्युनिष्ट गठबन्धन ठगहरुको झुण्ड : उपेन्द्र यादव

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
upendra4.jpg

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको कम्युनिष्ट गठबन्धन ठगहरुको झुण्ड भएको टिप्पणी गरेका छन् । झूठ बोलेर ठाग्ने र जनतालाई गुमराह गर्ने पार्टीहरु कम्युनिष्ट हुनै नसक्ने यादवले बताए ।

निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाऊँपालिका वड़ा नं ३ गोविन्दपुरमा फोरम नेपाल र राजपाको संयुक्त सभालाई सम्बोधन गर्दै यादवले भने,'कम्युनिष्ट गठबन्धन मधेशसहित पूरै देशको लागि घातक छ । ढोंगको खोल ओडेका कम्युनिष्टहरुको असली चरित्र जनताले बुझ्न जरूरी छ ।'

अध्यक्ष यादवले सिंहदरबारले मधेशलाई देख्नै नचाहेको टिप्पणी गरेका छन । मधेशप्रति सिंहदरबारको नियत ठीक नभएको यादवले आरोप लगाए । यादवले भने,'मधेशमाथि कसैले कुदृष्टि राख्ने दिन गयो । जुनसुकै विरोधी शक्तिलाई जवाफ दिन मधेश सक्षम र तयार छ ।'

मधेशमा बहुमत ल्याएर संविधान संशोधन गराई छाड़ने दाबी गरेका छन । त्यसका लागि मधेश गठबन्धनलाई विजय गराउन आम जनतालाई अपील गरेका छन ।

सोही कार्यक्रममा छिन्नमस्ता गाऊँ पालिकाको नेपाली कांग्रेसका संयोजक जिब्रील मियाँले फोरम नेपाल र राजपाको मधेश गठबन्धनलाई समर्थन गरेका छन ।

नेता मियाँले कांग्रेसको केन्द्रीय निर्देशन अनुसार यादवको पक्षमा मसाल चिन्हमा भोट हाल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन ।

सप्तरीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य पदका लागि उपेन्द्र यादवलाई कांग्रेसले यसअघि नै समर्थन गरिसकेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ