arrow

सिरियाबारे अमेरिकी र जोर्डनी उच्च अधिकारीबीच वार्ता

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
Flag-Pins-USA-Jordan.jpg

वासिङटन । अमेरिकी विदेशीमन्त्री रेक्स टिलर्सनले जोर्डनी विदेशीमन्त्री आइमन सफादीसँग सिरियामा जारी द्वन्द्वको विषयलाई लिएर टेलिफोन वार्ता भएको छ ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार सो जानकारी दिएको प्राप्त समाचारमा उल्लेख छ ।

शनिबार टिलर्सन र सफादीबीच भएको वार्तामा दक्षिण सिरियामा जारी द्वन्द्वको समाधान गर्ने विषयमा विचार आदानप्रदान भएको सो मन्त्रालयका प्रवक्ता हेआथेर नाउर्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ती दुई उच्च अधिकारीबीच राष्ट्रसंघको सहयोगमा जेनेभामा हुन लागेको सिरियासम्बन्धी सम्मेलनको विषयमा विशेषरुपमा छलफल भएको थियो ।

यद्यपि टिलर्सनले अमेरिकाले जोर्डनलाई लगातार सहयोग गर्ने बताउनुभएको पनि विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

सिरियाली सेनाद्वारा इस्लामिक स्टेट (आइएस) समूहको नियन्त्रणमा रहेको अल्बु कामललाई विद्रोहीको नियन्त्रणबाट आइतबार मुक्त गरेको यहाँको सेनाले जनाएको थियो ।

अल्बु कामललाई सरकारी सुरक्षा नियन्त्रणमा लिएपछि अब सिरियाली आइएस जिहादी समूहको नियन्त्रण कुनै पनि शहरी क्षेत्रमा नरहेको सेनाको दाबी छ ।

सिरियामा सन् २०११ को मार्चबाट शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्ध परिणत भयो र यसका कारण अहिलेसम्ममा लाखौँ नागरिकको ज्यान गइसकेको छ ।

सो आन्दोलनमा परी सन् २०११ बाट हालसम्म चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखौँजना अरु आफ्नो देश र विदेशमा शरणार्थीको जीवन बितारहेका छन् ।  सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ