arrow

भोजपुरमा वाम गठबन्धनलाई धक्का, उमेशजंगले ५० बढी कार्यकर्ता भित्र्याए

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
bhojpur_cong.jpg

भोजपुर । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मुखैमा आउँदा भोजपुरमा काँग्रेस प्रवेश गर्नेको लहर बढेको छ । वाम गठबन्धनको गढ मानिएको मानिएको रामप्रसाद गाउँपालिका—१ हुर्वुभञ्जयाङका ५० जना बढी कार्यकर्ताहरु सोमबार काँग्रेसमा प्रवेश गरेका छन् ।

यो क्षेत्र वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार सुदन किरातीको आधार इलाका हो । तर, यही क्षेत्रबाट सोमबार कुमार तामाङको नेतृत्वमा ५० जनाभन्दा बढी वाम गठबन्धनका कार्यकर्ता काँग्रेसमा प्रवेश गरे ।

उनीहरूलाई प्रतिनिधिसभा सदस्य कांग्रेस उम्मेदवार उमेशजंग रायामाझी र प्रदेशसभा (ख) का उम्मेदवार गोविन्द कार्की, समानुपातिक उम्मेदवार माया राइले पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन् ।

तामाङसहित एमालेबाट ईमान सिं तामाङ, देऊ कुमार तामाङ, धनकुमार लामा, रामकुमार तामाङ, ध्रुबराज राईलगायत प्रवेश गरेका छन् । यस्तै, माओवादी केन्द्रबाट राज कुमार भूजेल, दिप राई, विजय राई, विकास दोर्जे लगायत प्रवेश गरेका छन् । ।
मंसिर १० र २१ गते मुलुकभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ