arrow

कपिलवस्तु यशोधरा ५ का वडा अध्यक्ष नइम मुसलमान सहितका दर्जनौ काँग्रेसमा प्रबेश 

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
kapilvastu-congress-parves.jpg

कपिलवस्तु। यशोधरा गाउपालिका–५ बैदौलीका बडा अध्यक्ष सहित दर्जनौ काँग्रेसमा प्रबेश गरेका छन्। बैदौलीमा आयोजित भेलामा वडाध्यक्ष नईम मुसलमान सहित नयाँ शक्ति, फोरम, एमाले लगायत पार्टी परित्याग गरि आएकाहरुले काँग्रेसको सदस्यता लिएका हुन्। 

पार्टी सभापति तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्र आचार्य तथा बिधायकका प्रत्यासी सुधार पाण्डेयले नवप्रबेसीहरुलाई स्वागत गर्दै पार्टीमा प्रबेश गराएका थिए । 

बैदौलीमा अगुवा कार्यकर्ता मनेश्वर यादव, श्यामलाल नाउ, मुख्तार मुसलमान, अब्दुल नुर मुसलमान, सम्मी मुसलमान, मोहर अली लगायत काँग्रेसको सदस्या लिएको पार्टीले जनाएको छ । 

यस अघि नै कैदौली गाबिसका अगुवा नेता मोलबी हारुन काँग्रेसमा प्रबेश गरिसकेका छन ।

सो अवसरमा बोल्दै नेता आचार्यले बाम गठबन्धनको ध्याय लोमो सयम सम्म सत्तामा बसीरहन कै लागि रहेको जनताले बुझी सकेको बताए । 

काँग्रेसको आधार क्षेत्र नै मधेस रहेकोले मधेसीहरुको हक अधिकारकालागि काँग्रेस अग्रसर हुने उनले बताए। 

मधेसीहरुको हक अधिकार कुन्ठीत गर्ने बाम शक्ति मै लागेर केही नेताहरुले मधेसी नेता सत्ता मै लिन रहन चाहेको उनले बताए । सोच बिचार गरेर मतदान गर्न उनले आग्रह गरे । 

यसैगरी बिधायकका उम्मेदवार सुधारकर पाण्डेयले लोकतन्त्रको रक्षा र जनतको अधिकार स्थापनाकालागि काँग्रेसलाई मतदान गर्न आग्रह गरे । 

यसैगरि तिर्तिखीमा स्थानीय युवाहरुलद्धरा आयोजित क्रिकेट प्रतियोगीताको समते नेता आचार्य र पाण्डेयले उद्घाटन गरेका थिए । 

बामगठबन्धनले जिते मधेसी र सिमाका जनताले समस्या व्यहोर्ने  
वाम गठवन्धनले जितेमा मधेसी जनता र सिमा क्षेत्रका जनता समस्यामा पर्ने कपिवस्तुका जिल्ला नेताहरुले बताएका छन् । 

कपिलवस्तुको यशोधरा गाउं पालिकाको वैदौलीमा आयोजित पार्टी प्रवेश तथा चुनावी सभामा यस्तो उनिहरुले बताएका हुन् । 

काँग्रेस पार्टीका नेता तथा पुर्व राजदुत दिपकुमार उपाध्यायले एमालेबाट उम्मेदबारी दिनेहरु जनता छल्न स्वतन्त्र उम्मेदबार भन्ने प्रचारप्रसारमा लागेको आरोप लगाए । 

उनले राजनितीमा ईमान्दारीता नभए जनताले दुखी पाउने बताउदै मुलुक बचाउन समेत लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । 

सो अवसरमा बोल्दै नेपाली काँग्रेस जिल्ला प्रचार प्रसार समितीका संयोजक तथा पुर्व साँसद अतहर कमालले लोकतन्त्र र साम्यबादको लडाईका बेला निहित स्वार्थका कारण पार्टी बिरोधी गतिबिधीमा लाग्नेहरु कारवाहीको भागीदार बन्ने चेतावनी दिए । 

बामगठबन्धनका नाममा देशमा चाईनाको बर्चस्व ल्याउन खोजिएको बताउदै बामगठबन्धनले जिते मधेसी जनता र सिमा क्षेत्रका जनता समस्यामा पर्ने बताए । 

सो अवसरमा बोल्दै प्रदेशसभाका उम्मेदबार सुधाकर पाण्डेयले समय समयमा दल बदलनेहरु अहिले बामगठबन्धन भन्दै जनता झुक्याउने खेलमा लागेको बताए । 

निहित स्वार्थका लागी दल बदल्नेले जनतालाई अधिकार दिलाउन नसक्ने भएकाले लोकतन्त्र रक्षाका लागी काँग्रेस जिताउन उनले आग्रह गरे । 

कपिलवस्तु प्रतिनिधीसभा २ का उम्मेदबार तथा पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आाचार्यले बामगठबन्धनले जिते यो नै मुलुकका लागी अन्तिम चुनाव हुन सक्ने बताए । 

लोकतान्त्रिक व्यवस्थामा जनताले आफुलाई मन परेका व्यक्तिलाई निर्वाचित गर्न सक्ने भए पनि साम्यबादी सत्तामा जनताको सो अधिकार खोसिने उनले बताए । 

कार्यक्रममा बोल्दै पार्टीका पाका नेता लोकनाथ पाठकले स्वतन्त्रका नाममा एमालेबाट चुनाव लडनेहरु अहिलेको आफनो कदमले आफै पछुताउने बताए । 

पार्टीमा महाधिबेशन प्रतिनिधी रबि ठाकुरले लोकतान्त्रिक व्यवस्थामा मात्रै महिला र मानब अधिकारको संरक्षण हुने भएकाले काँग्रेसलाई जिताउनु पर्ने बताए । 

कार्यक्रमका अध्यक्ष मोल्बी हारुनले साम्यबादी सत्तामा धर्म, संंस्कृती र अधिकार माथी प्रहार हुने भएकाले आम मतदाता सजग हुनु पर्ने बताए । 

कार्यक्रममा पार्टी नेता ज्योती दाहाल, क्षेत्रिय सभापति गृजेश पाण्डेय, समानुपातिक उम्मेदबार रिना बिक लगायतले सम्बोधन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ