arrow

विस्तृत शान्तिसम्झौताको ११ वर्ष पूरा, प्रचण्ड गिरिजाप्रसादको नाम भजाउँदै

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
santi-samjhauta.png

काठमाडौं । सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पूरा भएको छ । ०६३ मंसिर ५ गते सरकार र माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । 

त्यससँगै माओवादीको सशस्त्र द्वन्द्व अन्त्य भएको थियो । माओवादी सशस्त्र द्धन्द्ध अन्त्य गर्दै मुलधारको राजनीतिमा आएसंगै सबैभन्दा बढी समय सरकारमा रहेको छ । तीन पटक सरकारको नेतृत्व नै गरेको छ । माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई प्रधानमन्त्री नै भए । 

यति हुँदा पनि विस्तृत शान्तिसम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका सबै काममा खासै प्रगति भएको छैन ।

हुँदाहुँदा संविधान निर्माणपछि समस्याको समाधान हुन्छ भनिए पनि अझै तीव्रता पाउन सकेन । पुनस्र्थापनाको सन्दर्भमा आवश्यक पूर्वाधारले गति लिन सकेको छैन । 

सरकारका तर्फबाट हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये कोइरालाको निधन भइसकेको छ । 

कोइरालाको निधन भइसकेपछि प्रचण्डले ‘विस्तृत शान्तिसम्झौतालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी मेरो काँधमा आएको छ’ भन्दै काँग्रेसबाट सहयोगमात्र लिएका छैनन् पटक पटक धोका पनि दिंदै आएका छन् । 

माओवादीले पटक–पटक सरकारमा कब्जा जमायो तर काम केही गरेन । केबल बोलीलाई भोट बैंक बनायो । 

तत्कालीन समयका साक्षी शेरबहादुर देउवा अहिले प्रधानमन्त्री छन् । उनलाईसमेत प्रचण्डले धोका दिए । 

अहिलेसम्म धोकाधडीकै राजनीति भइरहेकाले अझै पनि शान्तिसम्झौताले निष्कर्ष पाउनेमा आशंका छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ