arrow

बाँके नालीबेलीः ‘कम्युनिष्ट शासन ल्याउन खोज्नेहरुसंग सावधान’, कम्युनिष्टहरु धमाधम काँग्रेसमा 

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
banke.png

नेपालगञ्ज । लोकतान्त्रिक गठबन्धनका नेताहरुले लोकतन्त्रको खोल ओढेर कम्युनिष्ट शासन ल्याउन खोज्नेहरुसंग सावधान रहन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनले बाँकेका विभिन्न स्थानमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले  लोकतन्त्रबादी हौं भन्दै जनतालाई झुक्याएर साम्यवाद लागू गर्न खोज्नेहरुसंग सावधान रहन आग्रह गरेका हुन् ।

खजुरा गाउँपालिकाको गौघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धि तर्फ लैजान लोकतन्त्रबादी शक्तिहरुलाई जिताउन आह्वान गरिन् । 

सभामा एमाले–माओवादी केन्द्र लगायतबाट पार्टी परित्याग गर्दै करिव डेढ सय कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

क्षेत्र नं १

बाँके क्षेत्र नम्बर १ मा अन्तरगतको प्रदेश (ख) मा पर्ने  राप्ती सोनारी गाउँपालिका वडा नम्वर ८ मा लोकतान्त्रिक गठबन्धनका पक्षधरहरुले मुलुकलाई राजनीतिक निकास र समृद्धि सहितको विकास दिन लोकतान्त्रिक शक्तिको विकल्प नरहेको दावी गर्दै “फेरि पनि लोकतान्त्रिक सरकार“ को नारा सहित  प्रचार अभियान थालेका छन् ।

सोमबारै क्षेत्र नम्बर १ अन्तर्गत् राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ९ र नरैनापुरको कट्कुइँयामा घरदैलो र चुनावी सभा गरिएको प्रतिनिधिसभाका उम्मेदवार माधवराम खत्रीले बताए ।

निर्वाचन क्षेत्र नं १ (ख) तर्फका प्रदेश सभा उम्मेदवार नारयाण प्रसाद गौडेलले चुनावी सभालाई सम्बोधन गर्दै कम्युनिष्टहरुको साम्यवादी शासन स्थापना गर्ने घोषणाले ३ करोड नेपालीको अधिकार खोस्ने मनशाय राखेको बताउँदै नेपाली जनता आफूले ७० बर्ष लडेर पाएको अधिकार गुमाउन तयार नभएको बताए ।

यता राप्रपाका केन्द्रिय सदस्य तथा समानुपातिक तर्फका उमेदवार हिक्मत ढकालले मुलुकको आर्थिक सम्बृद्वि र राजनीतिक निकासको लागि लोकतान्त्रिक शक्तिहरु नै अपरिहार्य रहेको बताए ।

चुनावी कोणसभामा नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य भानुभक्त भट्टराई, हुर्मत न्यौपाने, ट्रेड युनियन बाँके अध्यक्ष विरेन्द्र शाह, महाधिवेशन प्रतिनिधि लिलमान परियार, कोहलपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष निरज चलाउने लगायत लोकतान्त्रिक गठबन्धन सम्बद्व नेताहरुले सम्बोधन गरेका थिए । 

कार्यक्रम नेपाली काँग्रेस राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का सभापति श्रीधर उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो ।

क्षेत्र नं २

क्षेत्र नम्बर २ ले पनि प्रचारप्रसारलाई व्यापकता दिएको छ । विहान नेपालगञ्जको गगनगञ्जमा सम्पर्क कार्यालय उद्घाटन गरेको लोकतान्त्रिक गठबन्धनले सोमबार बसुदेवपुर, कम्दी र धम्बोझीमा घरदैलो र चुनावी कोणसभा गरेको छ ।

प्रतिनिधि सभाका उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभाका उम्मेदवारद्वय निरन्जनसिंह सिंजापति र सुरेन्द्र हमालले आ–आफ्नो क्षेत्र पर्ने ठाउँहरुमा संंयुक्त घरदैलो र चुनावी सभा गरेको राप्रपाका नेता ऋषिराज देवकोटाले बताए । 

२ नम्बर क्षेत्रको प्रदेश सभा १ का उम्मेदवार सिंजापतिका अनुसार विहान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ फुटाहामा सम्पर्क कार्यालय उद्घाटन भएको छ ।

क्षेत्र नं ३

क्षेत्र नम्बर ३ अन्तर्गत् सोमबारै खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटमा कोणसभा र जानकी गाउँपालिका वडा नम्बर १ शिवपुरीमा घरदैलो कार्यक्रम गरिएको प्रचार प्रसार सचिवालय संयोजक रमेश सिंजालीले जानकारी दिए ।

प्रतिनिधिसभाका उम्मेदवार बादशाह कुर्मी र प्रदेश सभा २ का उम्मेदवार लक्ष्मी नारायण शाह ती क्षेत्रहरुमा सहभागी भएको उनले बताए । 

प्रदेश सभा १ का उम्मेदवार चन्तराम थारुले पनि विभिन्न ठाउँमा घरदैलो जारी राखेको बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ