arrow

६ पटकसम्मको प्रयास फेल भएपछि पनि हुन नसकेको त्यो निर्वाचन

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
election_of_059.jpg

काठमाडौं । स्थिती सामान्य थिएन । तै पनि मुलुकलाई चुनाव आवश्यक थियो नै । त्यसैले पनि सरकारले जे जस्तो भए पनि कात्तिकदेखि निर्वाचन गराउने निर्णय गरेको थियो । त्यतिबेला प्रधानमन्त्री थिए अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवा । 

देउवा २०५८ सालको साउनमा मात्रै प्रधानमन्त्री बनेका थिए । आफू प्रधानमन्त्री बनेको १० महिनापछि देउवाले प्रतिनिधि सभाको निर्वाचनको मिति तय गरे पहिलो निर्वाचन २०५९ साल कात्तिक २७ गतेको लागि । निर्वाचनको तयारी व्यापक रुपमा हुँदै थियो । १० हजार ८ सय ५४ मतदान केन्द्र, १ सय १७ दल र कूल कूल १ करोड ४९ लाख ४३ हजार एक सय ५२ जना मतदाताले निर्वाचनमा भोट हाल्न पाउने समेत तय भईसकेको थियो । 

त्यतिबेला दलहरुले निर्वाचनको लागि दर्ता गराउन पाउने अन्तिम मिति जेठ २२ गतेसम्म तोकिएको थियो । सो समयभित्र १ सय १७ दल दर्ता भएका थिए । निर्वाचनलाई तत्कालीन समयको अवस्थालाई ध्यान दिएर निर्वाचनको मिति ६ चरणमा तोकिएको थियो । पहिलो चरण कात्तिक २७ गते, दोस्रो चरण मंसिर ९ गते, तेस्रो चरण मंसिर २१ गते,  चौथो चरण पुष ३ गते, पाँचौं चरण पौष १४ गते र छैटौं चरण पुष २६ गतेको लागि तोकिएको थियो । 

निर्वाचनको लागि कूल २०५ निर्वाचन क्षेत्र तय गरिएको थियो । तर निर्वाचनको एक महिना जति अघि मात्रै अर्थात् २०५९ साल असोज १८ गते शाही घोषणाबाट निर्वाचन स्थगित गरिएपछि प्रतिनिधिसभाको निर्वाचन राजाको शासनकाल गरी कहिलैपनि फर्किएर आएन । 

त्यतिबेला काठमाडौं उपत्यका सहित १५ जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने भनिएको थियो । त्यस्तै, दोस्रो चरणमा पोखरा रुपन्देही लगायतका जिल्लामा निर्वाचन गरिएको थियो । दोस्रो चरणमा कूल १४ जिल्लामा निर्वाचन गरिएको थियो । त्यस्तै, तेस्रो चरणको निर्वाचनमा धादिङ गोरखा सहितका १३ जिल्ला रहेका थिए । यससँगै चौथो चरणमा १० जिल्ला, पाँचौ चरणमा निर्वाचन भएका १२ जिल्ला र छैटौं चरणमा ११ जिल्लामा निर्वाचन गर्नेगरी मिति घोषणा गरिएको थियो । तर, शाही घोषणाका कारण त्यो निर्वाचन त्यसै तुहिएको थियो । 

शाही शासनको असंवैधानिक कदमको शिकार बनेर चुनाव गराउन नपाएका तिनै देउवा अहिले प्रधानमन्त्री बनेर संविधान जारी पछि पहिलो प्रतिनिधिसभाको निर्वाचन गर्ने तीब्र तयारीमा छन् । यही प्रसंगमा हामीले उनले गर्न नपाएको निर्वाचन कुन् जिल्ला कुन चरणमा गर्ने प्रयास गरिएको थियो भन्नेबारे सूची प्रस्तुत गरेका छौं । 
 
पहिलो चरणमा निर्वाचन हुने भनिएको जिल्लाहरु
काठमाडौं, ललितपुर, भक्तपुर धनुषा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, मनाङ, मुस्ताङ, नवलपरासी, हुम्ला, मुगु, डोल्पा, दार्चुला, बैतडी

दोस्रो चरणमा निर्वाचन हुने भनिएको जिल्लाहरु 
ताप्लेजुङ, संखुवासभा, भोजपुर, सिन्धुपाल्चोक, रसुवा, सर्लाही, रुपन्देही, कपिलबस्तु, कास्की, जुम्ला, कालीकोट, रुकुम, बाजुरा, बझाङ

तेस्रो चरणमा निर्वाचन हुने भनिएको जिल्लाहरु
पाँचथर, तेह्रथुम, धनकुटा, दोलखा, धादिङ, मकवानपुर, पर्सा, गोरखा, लमजुङ, तनहुँ, सल्यान, दैलेख, अछाम

चौथो चरणमा निर्वाचन हुने भनिएको जिल्लाहरु
इलाम, झापा, रामेछाप, चितवन, स्यांजा, पर्वत, प्यूठान, बाँके, बर्दिया, डोटी 

पाँचौं चरणमा निर्वाचन हुने भनिएको जिल्लाहरु
मोरङ, सुनसरी, सिन्धुली, नुवाकोट, रौतहट, पाल्पा, म्याग्दी, रोल्पा, जाजरकोट, दाङ। कैलाली, डडेल्धुरा

छैटौं चरणमा निर्वाचन हुने भनिएको जिल्लाहरु
सप्तरी, सिराहा, उदयपुर, महोत्तरी, बारा, काभ्रे, वाग्लुङ, अर्घाखाँची, गुल्मी, सूर्खेत, कञ्चनपुर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ