arrow

मदन अमात्य भन्छन्,'माओवादीले जित्यो भने फेरि चुनाव नहुन सक्छ'

ललितपुर ३ मा मदन अमात्यको चुनावी अभियान तीव्र

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
madan-amatya.jpg

काठमाडौ । आगामि प्रतिनिधि सभाको चुनावमा ललितपुर तीन नम्वर क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका मदन अमात्यले लोकतन्त्रको सुनिश्चिताको लागि र संविधानको रक्षा गर्न  काँग्रेसलाई विजयी गराउन ललितपुरबासीसँग आग्रह गरेका छन् ।

मंगलबार लालिलपुर काँग्रेसका अगुवा कार्यकर्ताहरुसंग भेटघाटमा  उनले विगतमा माओवादीले गरेको निर्मम व्यबहारलाई स्मरण गराउदै भने, माओवादीले जित्यो भने फेरि चुनाव नहुन सक्छ । माओवादीको मिशन नै मुलुकमा अधिनायकबाद ल्याउनु हो । ’ उनले भने, ‘जनयुद्धको नाममा उनीहरुले विगतमा दक्षिण ललितपुर  शंखुमा चिया पसल गरेर बसेकी  एक महिला गोरीमायाँ तामाङलाई माओवादीले निर्मम तवरले हत्या गरे । संवेदनशील अंगमा ब्लेडले चिरे । छातीमा नुन खुर्सानी दलेर मारे । ’उनले भने , ‘ती महिला एउटी साधारण महिला थिइन । उनको केही गल्ती थिएन’ । जनयुद्धको नाममा माओवादीले  कालेश्वरमा गोठालोबाट घर जान हिडेको  एक युवालाई काँग्रेस भन्दै निर्मम तवरले हत्या गरेको पनि उनले संस्मरण गराए । उनले भने, ‘यस्ता निर्मम घटना थुप्रै छन । भनी साध्ये छैन । ’

लोकतन्त्रको लागि काँग्रेसले २००७साल देखि निरन्तर आन्दोलन गर्दै आएको  चर्चा गर्दै उनले भने, ‘२००७ सालको परिवर्तन, २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गर्‍यो । ’ २०६२/०६३ को परिवर्तनमा पनि नेपाली काँग्रेसले अगुवाइको भुमिका निभाएको इतिहासलाई सस्मरण गर्दै उनले भने ,  ‘नेपाली काँग्रेसकै नेतृत्वमा संविधान समेत जारी भयो ।’

 काँग्रेसले गरेका कामलाई काँग्रेसका कार्यकर्ताहरुले राम्रोसंग जननतामा बुझाउन नसक्दा काँग्रेसले केही काम गरेन भनेर पनि आरोप लाग्ने गरेको उनले  दुखेसो पोखे । । काँग्रेसले गरेको काम राम्रोसंग जनतालाई बुझाउन पनि  उनले कार्यकर्ताहरुसंग आग्रह गरे ।

 उनले भने ,‘अहिलेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव केवल चुनाव मात्रै होइन, यो लोकतान्त्रवादी र कम्युनिष्टहरुबीचको लडाई समेत हो । त्यसैले यो  निर्वाचन लोकतान्त्रवादीहरुको प्रतिष्ठाको बिषय हो । ’ यो निर्वाचनमा काँग्रेसले हार्न नहुने उनको धारणा थियो ।  

आगामि निर्वाचनमा काँग्रेसले विजयी नभए मुलुकमा अधिनायकबाद हावी हुने उनले बताए । उनले भने, ‘कथमकदाचित नेपाली काँग्रेस विजयी भएन भने  संविधान कार्यान्वयन हुन सक्दैन । लोकतन्त्र  पनि मासिन्छ ।’ कम्युनिष्ट विजयी भए  दुःख गरेर वानएको संविधान खेर जाने उनको भनाइ थियो ।

कम्युनिष्ट शासन सत्तामा आउदा विकास निर्माणका काम ठप्प हुने,रोजगारको अबसर गुम्ने,देशमा आर्थिक संकट उत्पन्न हुने उनले चर्चा गरे ।  उनले भने, ‘एमालेको ९ महिने शासन कालमा अरुण तेस्रो आयोजना रोकियो जसबाट धेरै अवसरहरु देशले गुमायो, अहिले दैनिक १५०० देखि २५००  युवाहरु विदेशीनु त्यसको परिणाम हो । ’

अरुण तेश्रो बनेको भए नेपालसंग  पर्याप्त बिजुली हुने,  देशमा उद्योगहरु खुल्ने र  रोजगारीको अवसरहरु सिर्जना हुने उनले चर्चा गरे । वगतको माओवादीको दश वर्षे जनयुद्धले नेपाललाई गरेको क्षेतीबारेमा पनि सुक्ष्म रुपले अध्ययन गर्नु पर्ने उनले बताए । उनले भने , ‘ माओवादी आन्दोलनले आर्थिक मात्रै हैन, हामीलाई सामाजिक र सांस्कृतिक रुपले पनि क्षतविक्षत बनायो । ’

लोकतन्त्र ल्याउन धेरैले सहादता दिएको,धेरैको योगदान रहेको चर्चा गर्दे भने,‘यो प्रजातन्त्र त्यसै आएको होइन । अब हाम्रो जिम्मेवारी यो लोकतन्त्रलाई स्थायित्व दिनु हो  । ’ नेपालका बामपन्थीहरु कम्युनिष्ट नै नभएको उनले दावी गरे ।उनले भने , नेपालका कम्युनिष्टरु कम्युनष्टि नै होइनन । कमाउनिष्ट हुन । वघोषित कम्युनिष्ट हुन् ।’ नेपालका कम्युनिष्टहरुसंग  कम्युनिष्टको चरित्र नै नभएको पनि  उनले दावी गरे । नेपालका कम्युनिष्टहरु  जनतालाई ठग्नलाइ मात्र  कम्युनिष्ट भएको उनले चर्चा गरे । उनले भने । ‘ यिनीहरु जनताका लागि होइन । आफ्ना लागि जे पनि गर्न तयार छन् ।  ’

ललितपुर काँग्रेसका सभापति समेत रहेका अमात्यले तीन नम्वर क्षेत्रमा  प्रचार प्रसार अभियानलाई तीब्र रुपमा  अघि बढाएका छन् ।केही दिन देखि उनले घरदैला र स्थानीय बासीहरुसंगको भेटघाटलाई निरन्तरता दिएका छन् ।यसै क्रममा उनले मंगलवार सानेपा पुगी स्थानीय बासीहरुसंग भेट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ