arrow

कम्युनिष्ट गठबन्धनका ११ कार्यकर्तालाई सार्वजनिक मुद्दा

logo
प्रकाशित २०७४ मंसिर ५ मंगलबार
darchula.png

दार्चुला । कांग्रेसका कार्यकर्ताहरुलाई कुटेको भन्दै आइतबार राती पक्राउ परेका कम्युनिष्ट गठबन्धनका ११ कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले सार्वजनिक मुद्दा चलाएको छ । 

कम्युनिष्ट गठबन्धनका कार्यकर्ताले आइतबार राती शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ बनेबाजमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका कोषाध्यक्ष गणेश सिह धामी, मालिकार्जुन गाउपालिकाका महेश सिह धामी, र जुम्ला जिल्ला सिजा गाउँपालिका १ का लुगा व्यापारी विकास खत्रिलाई कुटेका थिए । 

कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले काग्रेसले निर्वाचन प्रयोजनका लागी भाडामा लिएको मालिकार्जुन गाउपालिका वडा नम्बर ४ का तारा सिंह धामीको नाममा रहेको म १ ज १५१ नम्बरको जिपमा समेत तोडफोड गरेका थिए । 

प्रहरीले उक्त स्थानबाट कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरु हरकसिह महर, धनबहादुर धामी, खेमराज जोशी, मदन सिह डागा, बसन्त धामी, दमन धामी, रविन्द्र धामी, मोहन सिह धामी, केशव सिह धामी र राजेन्द्र धामीलाई पक्राउ गरेको थियो । 

सार्वजनिक मुद्दा चलाइएका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुलाई कानुन बमोजिम कारबाही गरिने दार्चुलाका प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ