arrow

राष्ट्रियता, लोकतन्त्र र शान्तिका लागि काँग्रेस बलियो हुनुपर्ने

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
Khand-dai.jpg.jpeg

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले राष्ट्रियता, लोकतन्त्र र शान्ति प्रक्रियालाई मजबुत बनाउन नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका छन् । 

निर्वाचन परिचालन समिति केन्द्रीय मतदान प्रशिक्षण समन्वय उपसमितिको आयोजनामा मंगलबार बुटवलमा भएको मतदान प्रशिक्षणमा काँग्रेसको जनआधार र माहोल बनेको देखेकै कारण वाम गठबन्धन भएको हो भने ।

नेता खाँणले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३८ प्रतिशत सिटमा नेपाली काँग्रेसले जित्ने दाबी गर्दै बदर मत रोक्न सके यो संख्या बढ्ने जिकिर पनि गरे ।

प्रशिक्षणमा सहभागी ५ नम्बर प्रदेश अन्तर्गतका जिल्लाबाट सहभागी १७० जनालाई नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि अधिवक्ता अनिता शर्माले प्रशिक्षण दिलाएको केन्द्रीय मतदात प्रशिक्षण समन्वय उपसमितिका सदस्य कुलप्रसाद लामिछानेले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ