arrow

परिवर्तनका उपलब्धि रक्षा गर्न कांग्रेसलाई मतदान – कृष्णप्रसाद सिटौला

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
sitaula-krishna.jpg

झापा । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले परिवर्तनको मुद्धालाई स्थापित गर्ने सामथ्र्य कानुन व्यवसायीसित रहेको बताएका छन् । 
 
डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको २७ औं स्थापना दिवसको अवसर पारेर झापाको चन्द्रगढीमा मंगलबार आयोजित “संविधान कार्यान्वयन आजको आवश्यकता” विषयक अन्र्तक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले संघीयता, लोकतन्त्र र गणतन्त्र स्थापित गर्न परिवर्तन विरोधीलाई जनताद्वारा तिरस्कार गर्ने वातावरण बनाउने दायित्व कानुन व्यवसायी माझ आएको बताए ।
 
झापा वार एसोसिएसनका अध्यक्ष रहिसकेका सिटौलाले २०४६ सालको जनआन्दोलका प्रथम सहिद राम थापाको हत्या गर्ने, २०६२–६३ को आन्दोलन दवाउन सुरज विश्वास र राजन गिरीमाथि गोली वर्षाउने योजनाकारलाई परिवर्तनका पक्षधर एमाले, माओवादीले समर्थन गर्नु आश्चर्य भएको बताउँदै माथिल्लो नेतृत्वको गल्ती तलका कार्यकर्ताले सच्याउने दिन आएको उल्लेख गरे ।
 
सहिदका सपना र परिवर्तनका रेखा मेटिने अवस्था कसैले सिर्जनागर्न नहुने बताउँदै नेता सिटौलाले वर्तमान संविधान कार्यान्वयन गर्न कानुनी ज्ञान भएको सक्षम परिवर्तनको अनुयायी आवश्यक रहेको उल्लेख गरे ।
 
उनले सूर्य चिन्ह र हँसिया हतौडका उम्मेद्वार नरहेकोले परिवर्तनका पक्षधरले झापा ३ मा आफूलाई मत दिएर विजयी गराउने विश्वास व्यक्त गरे ।
 
डि एल ई झापाकी अध्यक्ष यज्ञलक्ष्मी चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस युनियन झापाका सभापति कृष्ण हुमागाई, कर्मचारी युनियनका अध्यक्ष कविन्द्रविक्रम नेङमाङ, वरिष्ठ अधिवक्ता कालिप्रसाद सञ्जेल, लेखनाथ निरौला, प्रा डा पृथ्वीविक्रम राई, सहप्राध्यापक शुभलक्ष्मी राई लगायतले वर्तमान संविधानको मर्म र भावना अनुरुप परिवर्तनका पक्षधर एक भएर हिड्नु पर्ने भएकोले आसन्न निर्वाचनमा नेता सिटौलालाई विजयी गराउन सबै सामाथ्र्य परिचालन गर्नुपर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ