arrow

आइसीसी वल्ड क्रिकेट लिगका लागि नेपाली टिमको घोषणा

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
nepal-cricket.jpeg

काठमाडौं । युएईविरुद्धको आइसीसी वल्ड क्रिकेट लिगको सातौं चरणको खेलका लागि नेपाली टिमको घोषणा भएको छ । 

क्लोज क्याम्पका लागि २० सदस्यीय टोलीको घोषणा भएको हो । आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले छनोट गरेका खेलाडीहरुमा अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिलिप नाथ र यु–१९ कप्तान दिपेन्द्र सिंह ऐरी छन् । 

त्यसैगरी उपकप्तान ज्ञानेन्द्र मल्ल, असिम अन्सारी, जितेन्द्र कुमार मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, मोहम्मद अरिफ शेख, सागर पुन, सन्दिप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सिद्धान्त लोहनी, सोमपाल कामी रु सुशील कणेल रहेका छन् । 

मेहबुब आलम र सौरभ खनालले भने घाइते भएका कारण क्याम्पमा रहनका लागि नाम फिर्ता लिएका छन् । 
क्लोज क्याम्पपछि अन्तिम टिमको घोषणा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ