arrow

भोजपुरमा उमेशजंगको पल्ला भारी

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
umeshjung_-1.jpg

चैनपुर(भोजपुर)। पहिलो चरणको निर्वाचन हुने जिल्लामा परेको भोजपुरमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मीले बढेको छ ।
 
यहाँ लोकतान्त्रिक गठबन्धन र कम्युनिष्ट गठबन्धनबीचको तीव्र प्रतिस्पर्धाबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका नेपाली कांग्रेसका उमेशजंग रायमाझीले कम्युनिष्ट गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सुदन किराँतीलाई केही समयदेखि पछाडि पारेका छन् ।    
 
लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका उमेशजंग रायामाझि प्रदेशसभा (क) मा संघिय समाजवादी फोरमका आजम्बर काङमाङ राई र प्रदेशसभा (ख) मा कांग्रेसका गोविन्दबहादुर कार्की चुनावी मैदानमा उतारेको छ भने  कम्युनिष्ट गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती, प्रदेशसभा (क) मा नेकपा एमालेका राजेन्द्र राई र प्रदेशसभा (ख) मा एमालेकै शेरधन राई चुनावी मैदानमा उत्रिएका छन् ।
 
स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा लोकतान्त्रिक गठबन्धन भन्दा कम्युनिष्ट गठबन्धन अघि देखिन्छ । ९ स्थानीय तह रहेको यहाँ ४-४ स्थानीय तहमा कांग्रेस र एमाले विजयी भएका थिए । यस्तै १ स्थानीय तहमा भने माओवादी विजयी भएको थियो ।
 
यस अगाडिका आम निर्वाचनमा एमालको वर्चश्व रहदै आएको जिल्लामा कम्युनिष्ट तालमेलका नाममा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई बोक्नु परेको हुनाले एमालेको जिल्ला र स्थानीय नेतृत्व रुष्ट बनेको देखिन्छ । यसको प्रभाव कार्यकर्ता परिचालनमा देखिइसकेको छ भने मतदानमा पनि यसको प्रभाव पर्ने कम्युनिष्टपन्थी कार्यकर्ताहरुको भनाई रहेको छ ।
 
कूल १ लाख १३ हजार मतदाता रहेको भोजपुरमा  प्रतिनिधिसभामा रायामाझी र किरातीबीच कडा टक्कर भएपनि झिनो मतअन्तरले रामाझी विजयी हुने आँकलन गरिएको छ । निष्ठाको राजनीति गर्ने इमान्दार र हक्कि स्वभावका रायामाझीप्रति नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनको मात्र हैन, तटस्थ र परिवर्तनशील मतदाताहरुको मत समेत पर्ने देखिएको छ ।
 
किरातीको अराजकता र शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि अपराधिक गतिविधिमा नाम जोडिएकाले पनि किरातिले चुनाव जित्दैनन्,’ एक तटस्थ बुद्धिजीवीले दावी गरे, ‘जनतालाई इमान्दार जनप्रतिनिधि चाहिएको छ । त्यसैले पनि रामाझीको जित निश्चित छ ।’
 
यता कम्युनिष्ट गठबन्धनका नेताहरुले भने भोजपुरमा वामपन्थीको जनाधार बलियो भएको बताइरहेका छन् ।
 
प्रदेशसभा (क) मा अजम्बर र राजेन्द्रको कडा टक्करबीच अजम्बर उम्किने  प्रदेशसभा (ख) मा हुने रोचक प्रतिस्पर्धाबीच लोकतान्त्रिक गठबन्धनका कार्की बिजयमाला पहिरिन सक्ने दावी स्थानीय बुद्धिजीवीहरुले गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ