arrow

काँग्रेसलाई एक्ल्याएर कम्युनिष्ट गठबन्धनले अधिनायकबाद ल्याउन खोज्यो : पाण्डे

logo
रमित बि.क.,
प्रकाशित २०७४ मंसिर ६ बुधबार
Badri-Pandey.jpg1.jpeg

बाजुरा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रिप्रसाद पाण्डेले कम्युनिष्ट गठबन्धनमा सहभागि दुईपार्टीले ६०/४० को भाग गर्दै काँग्रेसलाई एक्ल्याएर देशमा अधिनायकबाद ल्याउन खोजेको बताएका छन् ।

 माओवादी केन्द्र र एमालेको एजेन्डा फरक फरक भए पनि उनीहरु एकै ठाँउमा आउनु संकाश्पद  भएको र काँग्रेस संधै बहुदलीय ब्यवस्था र साना पार्टीको पनि अस्तित्व स्वीकार गर्न चाहेको बताए ।  पाण्डेले काँग्रेसले कुनै पनि निरंकुशतन्त्र, एक दलिय शासन ब्यवस्था र अधिनायकबादलाई स्वीकार नगर्ने बताए ।

 उनले अव राजनैतिक र संवैधानिक संर्घष सिद्धिएको र देश समृद्धिको बाटोमा जाने बेला त्यो बाटोबाट नगए देश फेरि द्धन्द्धमा फस्ने चेतावनी दिए । लोकतान्त्रीक गठबन्धनले यहि संविधानलाई टेकेर विकासमा जाने र कम्युनिष्ट गठबन्धनले जितेमा एक दलिय ब्यवस्था कायम हुने उनले बताए ।

 विगत देखि कम्युनिष्ट पार्टी फुटे पनि जुटे पनि देश द्धन्द्धमा गएको बताउदै  उनले देशले फेरि संकट निम्तने अवस्था आएको बताए । नेपाली काँग्रेसले बाजुरालाई समृद्ध बनाउन, युवाहरुलागि रोजगारी सृजना गर्न र विकासको श्रृङखलकाको खाका आफूहरुसंग भएको बताउदै लोकतान्त्रिब गठबन्धनलाई मतदान गर्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ