arrow

श्रीमतीलाई स्वतन्त्र पार्न छोराको हत्या, आत्महत्याको तयारी 

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
Killed.jpeg

जुम्ला । यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन् । 

बीस वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए । 

एक वर्षअघि कतार बसेर आएका उनले लेखेको सुसाइड नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख भएको उनले बताए । 

हिरासतमा रहेका उनलाई अहिले कर्तव्य ज्यानअन्तर्गतको मुद्दा अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ