arrow

सुत्केरीको ज्यान बचाए काँग्रेसका उम्मेदवारले

logo
लोकेन्द्र खनाल
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
nepali-congress-flag.jpg.jpeg

रुकुम । सुत्केरी वेथाले घरमै ग्रस्त पश्चिमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका उम्मेदवारले बचाएका छन् । 

काँग्रेस रुकुम पश्चिममा प्रदेश सभा ख का उम्मेदवार खड्क बहादुर डाँगीले त्रिवेणी गाउँपालिका ४ की मिना केसीको ज्यान बचाएका हुन् । 

आर्थिक अवस्था कम्जोर भएका कारण घरमै सुत्केरी बेथा सुरु भएपनि उनलाई स्वाथ्य चौकी पु¥याउन समस्या भएको थियो । 

उम्मेदवार डाँगी चुनावि प्रचारको शिलसिलामा त्यहाँ पुग्दा छटपटाईरहेको देखीपछि आफ्नै गाडी मार्फत केसीलाई उपचार गर्न जिल्ला अस्पताल सल्लेमा पुर्याएका थिए । 

नाजुक बन्दै गएको मिनाको स्वास्थ्य अवस्था अस्पताल पुगेपछि अहिले सामन्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । 

मत माग्नको लागि भन्दा पनि मानविय सेवाको लागि आफुले मिनालाई आफ्नै खर्चमा अस्पतालसम्म पुर्याएको उम्मेदावर डाँगीले बताए । 

अस्पताल लिनको लागि पटक पटक आफन्तले एम्बुलेन्सको लागि खबर गरेपनि नपाएपछि उनको ज्यान जोखिममा रहेको कुरा कार्यक्रममा रहेका उम्मेदवारलाई सुनाएपछि डाँगीले तत्काल आफना सहयोगीलाई भनेर आफुले निर्वाचन प्रयोजनको लागी प्रयोग गरिरहेको गाडी उपलब्ध गराउदा उनको ज्यान बचाएका थिए ।

डाँगीको सहयोगी भावनाको सबैले प्रंशसा गरेका छन । 

उनले हामीलाई जिन्दगीमा तिर्न नसकीने गुण लगाउनुभएको छ मिनाका श्रीमानले सन्तोष केसीले खुसी व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ