arrow

कांग्रेसलाई जिताउन बागलुङका महिला र युवा विद्यार्थी सक्रिय

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
congress-b.jpg

बागलुङ । निर्वाचनको मिति नजिकिदै गर्दा बागलुङका दलहरुले चुनाव आफ्नो पाटोमा पार्न निकै कसरत गरिरहेका छन । जिल्लामा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका सदस्यहरुलाई यस पटक मतदाताहरुले भोट हाल्नेछन ।

चुनाव आउन अब मात्र ३ दिन बाँकी छ, बागलुङका दलहरुले आफ्नो चुनावी अभियानलाई अब बिश्राम लिने समय पनि भैसकेको छ  किनकी बिहीबार राती १२ बजे बाट मौन अवधि सुरु हुँदैछ । आज प्रचार प्रचारको अन्तिम दिन पनि हो ।

मुख्य गरी बागलुङमा नेपाली कांग्रेस र बामपन्थी गठबन्धनको प्रतिस्पर्धा हुँदैछ । दलहरु आ–आफ्नो पक्षमा मत माग्नका लागि निकै व्यस्त रहेका छन  । बागलुङ क्षेत्र नं. १ को प्रतिनिधि सभामा नेपाली कांग्रेसको तर्फबाट सहकारी तथा गरिबी निवारण राज्य मन्त्री चम्पा देवी खड्का र बाम गठबन्धनका एमालेका डाक्टर सुर्य पाठक बिच प्रतिस्पर्धा हुने देखिन्छ ।

त्यसै गरी प्रदेश १ मा कांग्रेसका दिपेन्द्र थापा र एमालेका ईन्द्रलाल सापकोटा विच प्रतिस्पर्धा हुनेछ । जिल्लाको दक्षिण भेग अर्थात प्रदेश २ मा कांग्रेसका उम्मेदवार प्रकाश शर्मा पौडेल र राजमोका कृष्ण थापा विच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यती बेला दलहरुका आफ्ना एजेण्डा सहित घरदैलोमा हिडिरेका छन । बिहीबार जिल्ला सदरमुकाममा दुवै दलका उम्मेदवारहरु घरदैलोमा व्यस्त देखिएका थिए । नेपाली कांग्रेसका अभियानमा उम्मेदवारलाई कांग्रेस समर्थक महिला र युवा विद्यार्थीहरुको निकै सक्रियता देखिएको थियो ।

अबको देशमा समृद्धि भनेकै कांग्रेसले ल्याउने हुँदा नेपाली कांग्रेसले जित्नुको विकप्लन नरहेको महिला संघका जिल्ला अध्यक्ष सकुन्तला शर्माले बताईन उसनहरु मतदाता शिक्षा सकित आफ्नो उम्मेदवारलाई भोट माग्दै हिडिरहेका छन ।

महिला र युवा विद्यार्थीको सक्रियाता देख्दा साच्चै कांग्रेसको माहोल आएको बताउँछन सदरमुकाममा आफ्नो व्यवसायी गरेर बसेका व्यवसायी गोविन्द्र पौडेल, पौडेलले कांग्रेसले हिजोका दिनमा गरेको कामलाई सम्मान गर्दै यस पटक पनि मतदाताले न्याय गर्ने बताए ।

यतिबेला युवा विद्यार्थीहरु पनि निकै सक्रिय रहेका छन उनिहरुले कांग्रेसको पक्षमा मत माग्दै घरदैलो अभियान नै चलाएका छन । अबको देशलाई कुन दिशा तर्फ लाने भन्ने सोच युवाहरुमा र त्यसको साथ कांग्रेसले दिने हुँदा हामी कांग्रेसको पक्षमा जनलहर ल्याउन चाहन्छौ नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खड्क थापाले भने हामी देशलाई आर्थिक समृद्धिमा लैजानका लागि कांग्रेसलाई भोट मागिरहेका छौ ।

 युवाहरुको सक्रियाताले बागलुङ कांग्रेसमा एउटा फरक माहोल थपिएको छ । उम्मेदवारहरु घरघरमा आफ्ना मतदाताहरु सँग भोट माग्दै हिडिरहेका छन ।
बागलुङमा कांग्रेस र बाम गठबन्धन विच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ