arrow

रोल्पालीलाई देउवाको १५ मिनेट, ‘अब तपाईहरु नै हो मालिक बन्ने’

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
deuba_rolpa.png

लिबाङ, रोल्पा । चुनावी सभालाई सम्बोधन गर्न रोल्पा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले अब रोल्पाकै जनता रोल्पाको मालिक बन्ने बताएका छन् ।

निकै छोटो सम्बोधन गरेको देउवा जम्मा १५ मिनेट जति मात्रै लिबाङमा रहे । उनले भने, ‘सधैँभरी अर्काको दास बन्नु पर्दैन । अब रोल्पाका जनता आफै मालिक बन्नेछन् ।’ प्रधानमन्त्री देउवाले ‘द्वन्द्वले सबैभन्दा बढी क्षति पुगेको जिल्ला नै रोल्पा हो । ध्वंश गर्नेहरुले जिल्ला बनाएनन्’–भनेका छन् ।

रोल्पाको विकास र समृद्धिका लागि काँग्रेस प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले डर र त्रासको अवस्थाको अन्त्य हुने उल्लेख गरे । उनले भने, ‘प्रजातन्त्र स्थापनाका लागि लडेको काँग्रेसले मात्रै मुलुक समृद्धिमा लैजान सक्छ ।’ अहिले कम्युनिष्टहरु एक भएर सत्ता हत्याउने खेलमा लागेको भन्दै देउवाले कम्युनिष्ट शासन आए उही पूरानै डर, त्रास र धम्कीको स्थिति बन्ने बताए ।

एमाले अध्यक्ष केपी ओलीले चुनाव सार्न खोजेको भन्दै प्रचार गर्दै हिँडेको र चुनाव सार्ने चाहाना ओलीकै रहेको तर्क गरे । उनले भने, 'अाेलीले हिजोआज सपनामा पनि चुनाव सारेकाे देख्छन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ