arrow

भण्डारीको कार्वाही फुकुवाले बझाङमा काँग्रेसलाई सहज

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार

बझाङ। नेपाली कांग्रेसका जिल्ला नेता सत्यराज भण्डारी सहित जिल्लाका सबै कांग्रेस नेताहरु एकजुट भएर पार्टीका उम्मेदवारहरुको प्रचारमा निस्किए पछि जिल्लामा नेपाली कांग्रेसका उम्मेद्वारहरुको अवस्था विजयोन्मुख बनेको छ ।

यसपाली बझाङ जिल्लामा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा पृथ्वीबहादुर सिंहले उम्मेदवारी दिएका छन् भने प्रदेशसभामा  नरेश बहादुर सिंह चन्दाजोशी उम्मेदवार बनेका छन् ।

नेता सत्यराज भण्डारीलाई गरिएको कारवाही पार्टीले फुकाएर गरेपछि नेपाली कांग्रेसको पक्षमा माहोल सिर्जना भएको छ ।  पार्टी सचिव धुर्वराज जोशीले  यसपाली बझाडमा काँग्रेसभित्र देखिएको अभूतपूर्व पार्टी एकताले प्रतिनिधि सभा साथै प्रदेश सभाका दुवै सीटमा विजय पाउने दावी गरे।

संविधान सभाको दोस्रो र्निबाचनमा आफु लाई टिकट नदिएको झोकमा स्वतन्त्र उमेदवार उठेर पार्टीलाई हराएको आरोप लागेर कार्वाहीमा पर्नुभएका बझाङ जिल्लाका नेपाली काँग्रेसका नेता सत्यराज भण्डारीलाई निर्वाचनको मुखमा कार्वाही फुकुवा गरिएको थियो ।

चार वर्षसम्म नेपाली काँग्रेस जिल्ला कार्य समितिको सफिरिसमा केन्द्रिय समितिले  साधारण सदस्य नरहने गरि कार्वाही गरेका भण्डारीको एक महिना अगाडी पार्टी सभापति शेरबहादुर देउवाले उनको कार्वाही फुकुवा गरेका थिए ।

जिल्लातहमा बलिया नेता मानिएका भण्डारीले २०७० सालको संविधान सभा र्निवाचनमा वागी उमेदवार उठ्दा पार्टीको आधिकारी उमेदवार नरेश बहादुर सिह पराजित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ