arrow

कास्कीको विकास र समृद्धीका लागि कांग्रेसलाई मतदान गर्न आग्रह

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
pokhara.png

कास्की । नेपाली कांग्रेस कास्की क्षेत्र नं.१का  प्रतिनिधि सभा सदस्य  उम्मेदवार एबं कानुन  मन्त्री यज्ञवहादुर थापाले  कास्कीको विकास र  सम्मृद्धीका लागि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन  । सगरमाथा टेलीभिजन ले आगामी मंसीर १० र २१ मा हून लागेको प्रतिनिधिशभा र प्रदेशसभा को चूनाबलाइ लक्षित गरि आयोजना गरेको निर्बाचन बिशेष कार्यक्रममा बोल्दै उनले कास्कीको सम्रग बिकासका लागि नेपाली कांग्रेसलाई मतादन गर्न आग्रह गरेका हुन ।

त्यस्तै क्षेत्र नं. २ का वाम गठवन्धन उम्मेदवार एबं  विकास समितिका पूर्ब अध्यक्ष रविन्द अधिकारीले  बाम  गठबन्धनले प्रजातन्त्रीक  पद्धती अबलम्बन गर्दे ,  विकास र उन्नतीको नारालाई  सार्थक बनाउन पनि  वाम गठबन्धनको सरकार बन्न आबश्यक देखिएको बताए ।  २ कै नेपाली कांग्रेसका उमेदबार देबराज चालिसेले बाम गठबन्धनका उमेदबारले जनतामाझ सपना र भ्रमको खेती बाड्दै हिडेको भन्दै, मतदाता समइा यर्थाथपरक कूरा गर्न आग्रह गरे ।

 त्यसैगरी क्षेत्र नं. ३ का नेपाली कांग्रेसका प्रभाबशाली नेता एबं उम्मेदवार शुक्रराज शर्माले नेपालमा प्रजातन्त्र प्राप्ती  गर्ने दखि महत्वपूर्ण परिबर्तन  नेपाली कांग्रेस कै अगूवाइमा सम्भब भएको भन्दै  शान्ती र समृद्धिको लागि  नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरे । ३ कै बाम गठबन्धनका उमेदबार जगत सूनार ले समाजमा ब्याप्त जातिय बिभेद अन्तय गर्दे समतामूलक समाज निर्माणका लागि आफूलाइ जिताउन आग्रह गरे ।

 क्षेत्र नं. १ बाम गठबन्धनका उम्मेदवार खगराज अधिकारीले आफु स्वाथ्य मन्त्री हुँदा स्वास्थ्य क्षेत्रको बिकासकालागि महत्वपूर्ण योगदान पूर्रयाएको भन्दै फेरी पनि जनताको अभिमत आफ्नै पक्षमा आउने दाबी गरे । कार्यक्रममा सहभागीहरुले उम्मेदवारलाई  भाषण भन्दा पनि काम गरेर देखाउन सूझाब दिएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ