arrow

नेपालले मलेसियालाई दियो १०९ रनको चुनौति, कसले कति रन बनाए ? 

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
ICC-Women-s-World-T20-qualifier.jpg

बैंकक । थाइल्याण्डको बैंककमा भइरहेको टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले अहिले मलेसियासंग खेलिरहेको छ । 

नेपालले जितका लागि मलेसियालाई १०९ रनको चुनौति दिएको छ । 

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १०८ रन बनायो । 

नेपाली टिमले राम्रो सुरुआत गरेपनि मध्यक्रमको ब्याटिङ सुस्ताएपछि कम योगफलमै समेटिएको हो । 

पहिलो विकेटका लागि ६६ रनको पार्टनरसिप गर्ने क्रममा सीता राना मगरले ४२ बलमा ३७ रन बनाइन् । 

ओपनर ज्योति पान्डेले ३९ बलमा २१ रन जोड्न् ि। 

काजल श्रेष्ठले १८ बलमा १४ रन जोडिन् ।

रोमा थापाले ६ बलमा ६ रन बनाइन् । 

इन्दू बर्माले ४ बलमा नटआउट ६ रन जोडिन् । 

कप्तान रुबिना क्षेत्रीले १ बलमा नटआउट २ रन बनाइन् । 

नेरी थापाले ५ रन जोडिन् । रितु कनौजियाले १ रन बनाइन् ।

यसअघिका तीन खेलमध्ये दुईमा बराबरी र एकमा हारको सामना गरेको नेपाललाई अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना जीवित राख्न मलेसियालाई हराउनै
 पर्ने हुन्छ । 

पहिलो खेलमा आयोजक थाइल्याण्डसंग र दोस्रो खेलमा हङकङसंग बर्षाका कारण अंक बाँडेको नेपालले बिहिबार तेस्रो खेलमा युएईसँग ५ रनको हार बेहोरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ