arrow

‘मधेस एक राष्ट्र’हो, हामी यसबाट टसमस हुँदैनौँ (अन्तर्वार्ता) 

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
Brikhash_lal.jpg

राष्ट्रिय जनता पार्टी राजपाले कार्यकारी प्रधानमन्त्री र आलांकारिक राष्ट्रपतिको वकालत गर्दै आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । पहिचान, सम्मान, स्थान र स्वाभिमानका लागि निर्वाचनरुपी लडाइँमा आम मतदाताको मत पाउनुभन्दा ठूलो हतियार अरु नहुने उद्घोषका साथ राजपाले ५८ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको हो ।

महोत्तरीको जलेश्वरमा विहीबार सार्वजनिक घोषणापत्रमा सार्थक संविधान, समावेशी राज्य, समातामूलक समाज र सार्वभौम सत्ता सम्पन्न नागरिक भन्ने विषयमा जोड दिइएको छ ।

राजपाको घोषणापत्रको प्रस्तावनामै नेपाल बहुराष्ट्रिय देश भनेर उल्लेख गरिएपछि तरंग आएको छ । राजपाले राष्ट्रको परिभाषामा मधेश एक राष्ट्र हो भन्ने शब्द उल्लेख गरेको भन्दै राजपाभित्रैबाट असन्तुष्टि चुलिएको खबर प्राप्त भएको छ । वास्ताविकता जान्नका हामीले राजपाको वरिष्ठ उपाध्यक्ष वृशेषचन्द्र लालसँग संक्षिप्त कुरा गरेका छौँ । 

घोषणात्रमा के ल्याउनुभएको छ ? 
– तराई मधेशका जनताले भोग्नुपरेको पीडालाई समेट्ने प्रयास गरेका छौं । तराई मधेशमा समानता र पहिचानको संघर्षलाई हामीले प्रतिबद्धताका साथ अगाडि बढाउँछौं । विकास र सामाजिक परिवर्तनको सन्दर्भमा जुन कुरा अहिले भाग्दैछ, त्यसको समाधान हामी कसरी गछौं भनेर लगभग सबै विषय हामीले समेटेका छौं । सम्मुनत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान हाम्रो मूल नारा हो । संविधान सबैको र सार्थक हुनुपर्छ । सार्वभौम अधिकार नागरिकमा हुनुपर्छ भन्ने कुरा हामीले उठाएका छौं । यो पाँच वर्षमा १५ वटा काम गर्ने प्रतिबद्धता गरेका छौं ।

० मधेश एक राष्ट्र भन्नुभएको छ । यसको अर्थ के लाग्छ ? के भन्न खोज्या हो ? 
– राष्ट्रको वास्तविक परिभाषा भन्ने कुरा नबुझिकन हाम्रो घोषणापत्रको अपव्याख्या गरिएको छ । मधेश ‘एक राष्ट्र’हो हामीले भनेका छौं, यो सत्य र तथ्य कुरा हो । हामी यसबाट टसमस हुँदैनौँ । मधेश एक राष्ट्र हो भन्नेवित्तिकै देश टुक्राउने कुरा गरिएको व्याख्या गर्दा मलाई हाँस उठ्यो । मधेश एक राष्ट्र हो, त्यसको पनि पहिचान हुनुपर्छ । यसले देशलाई बलियो बनाउँछ । नेपाल बहुराष्ट्रिय देश हो, एउटा राष्ट्रको देश होइन, एउटा भाषा, एउटा भेषको देश होइन । यहाँ धेरै भाषा छन्, यहाँ धेरै जात जाति छन्, हामी सबै मिलेर यो देश बनाएका छौं, त्यसकारण यो देश बहुराष्ट्रिय हो । हामीले नयाँ कुरा केही भनेका छैनौं, वास्तविकता र तथ्यगत कुरा गरेका हौं ।

० बहुजातीयलाई बहुराष्ट्रिय भन्नुभएको हो ? 
– पहिला मलाई बहुजातीयको अर्थ बुझाइदिनुस् । जातलाई रिकनाइज गरेको छ, संस्कृति, भूमि, इतिहास र रहनसहनको शैली भएको समूहलाई एउटा जाती भनिन्छ, त्यो नै राष्ट्र हो । जसको आफ्नो भूमि, इतिहास, भाषा संस्कृति र जीवनशैली छ त्यसलाई नेशन भनेर परिभाषा गरिएको छ । त्यो एउटा राष्ट्र हो, त्यो पृथक अस्तित्वलाई सबैले स्वीकार गर्नुपर्छ । यो नेपालको संविधानले पनि भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ