arrow

सुरक्षाकर्मीलाई धम्क्याउँदै ओली : विचार गर्नुस् ‘चुनावपछि कम्युनिष्ट सरकार आउँदैछ’

आरजुलाई कटाक्ष, ‘एक झोला पैशा बोकेर घर किन्दैमा कोही स्थानीय हुदैन’

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
KP-oli-naya-news.jpeg

धनगढी । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावपछि कम्यूनिष्ट सरकार बन्ने भएकाले कसैको उक्साहटमा नलागेर काम गर्न चुनौती दिएका छन् ।

एमाले–माओवादी केन्द्रको गठवन्धनले धनगढीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सुरक्षाकर्मीतिर संकेत गर्दै भने, ‘ख्याल गर्नुहोला चुनाव पछि कम्यूनिष्टहरुको सरकार बन्दैछ । कुनै पार्टीलाई वुथमा गएर सहयोग गर्ने काम भए सैह्य हुदैन । सुरक्षा निकायले समान सुरक्षा दिनुपर्छ ।’

उनले कम्यूनिष्ट सरकार बने त्यस्ता सुरक्षाकर्मीलाई तह लगाउने पनि सुनाए । ओलीले अहिले पनि वुथ कब्जा हुन सक्ने भन्दै आफ्ना कार्यकर्तालाई आँखा नचिम्लेर वुथमा बस्न सचेत गराए ।

चुनाव हुने पक्का भएकाले गठवन्धनलाई भोट हालेर जिताउन आग्रह गरे । अधिकांश समय प्रधानमन्त्री देउवा र कैलाली क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवार आरजु देउवाको आलोचना गर्नमै खर्चेका एमाले अध्यक्ष ओलीले कटाक्ष गर्दै भने, ‘कसैले एक झोला पैशा बोकेर घर किन्दैमा कोही स्थानीय हुदैन ।’

ओलीले चार पटक प्रधानमन्त्री भएका शेर बहादुर देउवाले एउटा घोरेटो बाटोसम्म निर्माण गर्न नसेको आरोप लगाए । उनले भने, ‘म एक पटक प्रधानमन्त्री हुदा तहल्का मच्चाउने गरी काम गरेको हुँ । देउवा जी ज्योतिषीको विश्वास गर्नुहुन्छ । हामी जनताको विश्वास गर्दर्छौ ।’

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण हुन्छ कि हुदैन भनेर शंका नगर्न कार्यकर्तासँग अनुरोध गरे ।  उनले भने, चुनाव लगतै पार्टी एकिकरण हुन्छ । दुई कम्यूनिष्ट पार्टीहरुको विचार समेत मिल्ने भएकाले एकिकरण गर्ने उदेश्यले साझा घोषणापत्र ल्याएको बताए । उनले आफ्ना नेता कार्यकर्तालाई संयम भएर निर्वाचन आचारसंहितको पालना गर्न आग्रह समेत गरे । एमाले अध्यक्ष अाेलीले भने,'अन्याय नसहनु होला ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ