arrow

परराष्ट्रमन्त्री दिल्लीमा, फुक्ला त दिल्लीको गाँठो ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1055414367.jpeg
काठमाडौं। नयाँ सरकारले मधेसकेन्द्रित दलको आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक रूपमा आपूर्ति असहजताको कारण क्रमश: राजनीतिक, कूटनीतिक र प्रशासनिक औँल्याएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ ।
 
तर, तीनै समस्याको प्रमुख गाँठो नयाँदिल्लीबाट फुकाउनुपर्ने निष्कर्षसाथ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा शनिबार तीनदिने दिल्ली भ्रमणमा लागेका छन् । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आन्दोलनरत मधेसकेन्द्रित दल र थारूसँग सम्बन्धित समूहलाई वार्तामा आउन चिठी लेखेका छन् ।
 
प्रधानमन्त्री ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र सत्तासाझेदार दलका नेता, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेर उपप्रधानमन्त्री थापा दिल्ली लागेका हुन् । नेपाली समयअनुसार पौने ६ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उपप्रधानमन्त्री थापालाई आइतबार दिउँसो पौने ३ बजे भारतीय विदेशसचिव सुब्रमन्यम जयशंकरले भेट्ने तय भएको छ ।
 
विदेशसचिवले थापा बसेको होटेल ओबरायमा गएर भेट्नेछन् । भारतीय विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटवार्ता आइतबार साँझ पौने ८ बजे हैदराबाद हाउसमा हुनेछ । थापाको अन्य भेटवार्ताबारे जानकारी दिइएको छैन । उनी सोमबार दिउँसो १ बजेर २० मिनेटमा नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन् । हाल नेपाल आयल निगमका उच्च अधिकारी दिल्लीमा रहे पनि इन्डियन आयल कर्पोरेसनका उच्च पदाधिकारीले भेट्न नचाहेका कारण उनीहरूको तहबाट गतिरोध फुकाउने कसरत सफल हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ