arrow

चुडामणिको बयान लिँदै अख्तियार

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
chudamani_sharma.JPG

काठमाडौं । तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमितताको आरोप लागेका चुणामणि शर्माको अकुत सम्पत्तिमा अख्तियारले बयान लिन शुरु गरेको छ । अख्तियारले शर्मासँग एक पटक बयान लिएको छ । फेरि बयानका लागि हातमा चिठी थमाइएको छ ।

आन्तरिक राजश्व विभागका महानिर्देशक समेत रहेका शर्मालाई गएको १९ जेठमा अख्तियारले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो । अख्तियारको नियन्त्रणमा परेपछि उनी निलम्बनमा परेका थिए ।

तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमित ढंगले कर मिनाहा दिइएको विषयमा शर्माविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

शर्मासहित तत्कालीन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेशप्रसाद ढकालविरुद्धको मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ ।

अख्तियारले शर्मा, महत र ढकालविरुद्ध १० अरब २ करोड रुपैयाँ विगो मागेर गएको साउनमा मुद्दा दर्ता गरेको थियो । शर्मा अझै विशेष अदालतमा हाजिर भएका छैनन् ।  महत र ढकाल अदालतमा हाजिर भएपछि एक–एक करोड रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ