arrow

रुकुममा जीप दुर्घटना, ७ जनाको मृत्यु, मृतकमा दुई प्रहरी निरीक्षक पनि 

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
accident-final.jpeg

रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा जाँदै गरेको ग१ज ४२६० नम्वरको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । 

शुक्रबार बेलुकी रुकुम पश्चिमको मुसीकोट नगरपालिका ६  कालीमाटीमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा चार पुरुष र ३ हुन् । प्रहरीका अनुसार मृत्यु हुनेमा प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनिता प्रधान पनि हुन् । उनीहरु बिहे गरेर घर भित्रिएर फर्क‌दै गरेका थिए । बिहिबारमात्र उनीहरुको बिहे भएको थियो ।   

त्यसैगरी मुसीकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठ, सुरेखा शाह श्रेष्ठ, सुदन श्रेष्ठ, जनक शाह र त्रिवेणी गाउँपालिका १ की यमुना मल्लको पनि मृत्यु भएको छ । 

घाइते हुनेमा चालक दाङका प्रेम थापा, सहचालक बाँफिकोट गापा रुकुम पश्चिमका प्रेम केसी र दाङकै टेकबहादुर खत्री छन् । तीनै जना घाइतेको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचारपछि नेपालगञ्ज पठाइएको छ । 

जीप बेलुकी ७ः३० बजे सडकबाट करिव १५० मिटर तल खसेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ