- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दमक । एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम विस्फोट भएको छ । झापाको दमकस्थित घर बाहिर शनिबार बिहान ४ बजे बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट कुनै क्षति भने भएको छैन । घरको गेट बाहिर झोला एउटा झुण्ड्याइएको अवस्थामा रहेकाले त्यो पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले जानकारी दिए ।
डिस्पोज गर्न केरखाबाट आएको नेपाली सेनाको डिस्पोजल टोलीले बिहान ६ः३० बजे डिस्पोज गरिसकेको छ ।